लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाको उपनिर्वाचनमा पाण्डे विजयी
टीकाबहादुर बस्नेत
दाङ,१७ जेठ– लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचनको मतदानमा कपिलवस्तुका दृगनारायण पाण्डे विजयी हुनुभएको छ । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका पाण्डे चार हजार १ ४० मतभारले विजयी हुनुभएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।
माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थनमा उम्मेदवार बन्नुभएका पाण्डेले प्रदेश सभातर्फ दुई हजार १६ र स्थानीय तहतर्फ दुई हजार १ सय २४ मतभार प्राप्त गरी जम्मा चार हजार १ सय ४० मतभार प्राप्त गर्नुभएको कुँवरले जानकारी दिनुभयो । उहाँका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मतभार प्राप्त गर्नुभएको छ । महन्थ ठाकुर पक्षको जनता समाजवादी पार्टीले समर्थनमा उम्मेदवार बन्नभएका एमालेका खड्काले प्रदेश सभातर्फ १ हजार ९ सय २० र स्थानीय तहतर्फ १ हजार ६ सय ९२ गरी ३ हजार ६ सय १२ मतभार प्राप्त गर्नुभएको सूचना अधिकृत कुँवरले जानकारी दिनुभयो ।
बिहान ९ वजेदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदानमा २ सय ९७ मत खसेको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ३ मत बदर भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै तीन वटा मतदान केन्द्रको व्यवस्था गरेको भन्दै थापाले प्रदेशसभा सदस्य, गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख दुई वटा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना संक्रमित मतदाताका लागि छुट्टै मतदान केन्द्र तोकिएको थियो । स्रोतः गोरखापत्र
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















