देवकोटा निवास ‘कविकुञ्ज’लाई सङ्ग्रहालय बनाउने प्रक्रिया सुरु



भउचप्रसाद यादव
काठमाडौं,१७ जेठ– काठमाडौँको डिल्लीबजारमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय निर्माणको प्रक्रिया सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले सो सङ्ग्रहालय निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय निर्माणका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘विगतमा सङ्ग्रहालय निर्माण गरेका कम्पनीहरुका लागि २१ दिनको म्याद राखी बोलपत्र आह्वान गरिएको छ । सम्पूर्ण प्रक्रिया पूरा गरी चालु आर्थिक वर्षभित्रमा नै छनोट भएका कम्पनीसँग निर्माण सम्झौता गरिने छ ।’’
निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेटको समेत सहमति प्राप्त भइसकेको र अब निर्माणका लागि कुनै बाधाअड्चन नरहेको बताउँदै उहाँले आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि काम सुरु हुने बताउनुभयो । सो सङ्ग्रहालय निर्माणका लागि यसअघि नै विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।
महाकवि देवकोटाको घरलाई सरकारले खरिद गरी प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा सुम्पेपछि प्रतिष्ठानले सङ्ग्रहालय निर्माण प्रक्रिया अगाडि बढाएको कुलपति उप्रेतीले स्पष्ट पार्नुभयो ।
सङ्ग्रहालय निर्माण कार्यलाई प्रतिष्ठानले राष्ट्रिय गौरवको प्राज्ञिक योजनाका रूपमा अगाडि सारेको बताउँदै उहाँले यो घरको बाहिरी आकृतिलाई जस्ताको त्यस्तै राखेर आधुनिक उच्च प्रविधियुक्त सङ्ग्रहालय निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको बताउनुभयो । बाह्र आना क्षेत्रफलमा ११ करोड ३३ लाख रुपियाँको लागतमा चारतल्ले भवन निर्माण हुनेछ ।
‘‘सङ्ग्रहालय परिसरको अग्रभागमा देवकोटाको पूर्ण कदको सालिक रहने छ, कवि गोष्ठी गर्न र नाटक प्रहसन देखाउन मिल्ने गरी एउटा डबलीसमेत निर्माण गरिने छ’’ सदस्य सचिव उपाध्यायले भन्नुभयो । प्रतीक्षालय र श्रव्यदृश्य कक्षसमेत निर्माण गरिने सो परिसरमा सुन्दर बगैँचासमेत बन्ने छ ।
सङ्ग्रहालय भवनको पहिलो तल्लामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध सामाग्री, दोस्रो तल्लामा देवकोटाका प्रकाशित, अप्रकाशित र पाण्डुलिपि सङ्ग्रह गरिने भएको छ । भवनको तेस्रो तल्लामा परामर्श कक्ष र सभाकक्ष निर्माण गरिने छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जगतप्रसाद उपाध्यायले सङ्ग्रहालयको निर्माणसँगै नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाप्रति मात्र सम्मान नभएर सिङ्गो नेपाली साहित्य र साहित्यकार नै सम्मानित हुने वातावरण तयार हुने बताउनुभयो । स्रोतः गोरखापत्र

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal