लगातारको वर्षाले पहिरो जादा सडक अवरुद्ध, बस्ति जोखिममा
दयाराम डुम्रे
वालिङ,१५ जेठ– केही दिनदेखि लगातार परेको वर्षाका कारण स्याङ्जाका अधिकांस ग्रामीण सडकहरू अवरुद्ध भएका छन । सडक अवरुद्ध हुदा विरामीलाई अस्पताल सम्म पुर्याउनका साथै खाद्यान्न ओसार पसारमा समेत समस्या परेको छ ।
लगातारको वर्षाले बायाँटारी सेतिवेणी सड्क खण्डको वालिङ नगरपालिकाका १३ खानीडाँडा स्थित सरस्वती माध्यमिक विद्यालयको पर्खाल भत्किदा विद्यालयको संरचना झुन्डिएको छ । त्यसै गरी सिख्रेमा रहेको दलित बस्तिमा पहिरो जादा गाउँ उच्च जोखिममा परेको छ । कटौजेमा पहिरो जादा ७ घर जोखिममा रहेका छन भने डम्बरबहादुर जि टी को घरगोठ पहिरोका कारण झुन्डिएको छ । रातभरी वर्षाका कारण सुत्न नसकेको पहिरो पिडितहरूको गुनासो रहेको छ । सडक बिस्तार भएकै अवस्थामा लगातार परेको वर्षाका कारण त्यस क्षेत्रमा बढि पहिरो गएको समाजसेवी नमलाल डुम्रेले बताउनुभयो । जोखिममा रहेका घररूलाई सुरक्षित स्थानमा सार्ने विषयमा पहल गर्ने वडा अध्यक्ष आनन्द पाठकले बताउनुभयो । उहाले अहिले पलास्टिक र त्रिपालले केही छेक्नका लागि सहयोग गर्ने र बस्ति अवलोकन गरेर समस्या समाधानको लागि पहल गर्ने बताउनुभयो ।
अध्यक्ष पाठकले दुःखमा आफु संगै रहेको समेत बताउनुभयो । समाज सेवी नमलाल डुम्रेले सडक विस्तारका क्रममा घरहरू जोखिममा रहेपछि सडक निर्माणका ठेकदारलाई पर्खाल उठाउन अनुरोध गर्ने बताउनुभयो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















