राम्दी पुल जिर्णहुदा जनता मर्कामा

हिमलाल पराजुली

स्याङ्जा,१५ जेठ– गण्डकी र लुम्बीनी प्रदेश जोडने सिद्धार्थ राजमार्ग सडक खण्डको कालीगण्डकी नदीमा निर्माण गरिएको राम्दी पुल जिर्ण हुदा जनताहरु मर्कामा परेकाछन् । सिद्धार्थ राजमार्गको स्याङ्जा र पाल्पा जिल्लालाई जोडेर कालीगण्डकी माथि निर्माण गरिएको सो पुल जिर्ण बन्दै जादा हजारौ जनताहरु मर्कामा परेकाहुन ।

भारत सरकारको सहयोगमा वि.स २०२२ सालबाट सिद्धार्थ राजमार्गको निर्माण कार्य सुरु भएसंगै ०२८ सालबाट सञ्चालनमा आएको राम्दी पुल दिनप्रतिदिन जिर्णबन्दै जादा सिंगो गण्डकी प्रदेशका ११ जिल्ला बासी मर्कामा परेकाहुन् । पुल जिर्ण बन्दै जादा यसको प्रत्क्ष मर्कामा स्याङ्जा सहित कास्की र लुम्बीनी प्रदेशको गुल्मी जिल्लाका बासिन्दा बढि प्रभावित भएकाछन् । निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि राम्रो संग मर्मत संबाहार हुन नसक्दा पुल थप जिर्ण बन्दै गएको हो ।

राम्दी पुलको भारबहान क्षमता कमी भएकोले योबाटो भएर १० टन भन्दा बढिका मालबहाक सवारी साधनलाई आवतजावतमा रोक लगाईएकोले मालबहाक सवारी साधनले धुवानीको लागि वैकल्पीक बाटो अपनाउनुपर्ने भएकोले धुवानी शुल्क बढि लाग्नेभएकोले यस क्षेत्रका उपभोक्ताहरु मर्कामा परेकाछन् । पुलबाट १० टन भन्दा बढि लोडका ढुवानीका साधन आउन नपाउने भएकोले खाद्यान्नदेखि लिएर निर्माण सामग्री लगायतका अन्य उपभोग्य वस्तुको चर्काे शुल्क तिरेर उपभोग गर्न आम उपभोक्ताहरु बाध्य भएकाछन् ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य एवं वालिङ उद्योग बाज्यि संघका अध्यक्ष शोभाकान्त पौडेलले राम्दी पुलका कारण ब्यापारी ब्यावसायीका साथै उपभोक्ताहरु मर्कामा परेको बताउनुभयो । पुलको भारबहान क्षमता कमी भएकोले बैकल्पीक बाटोको प्रयोग गरेर मालसामान ल्याउनुपर्ने भएकोले ब्यापारीहरुलाई अनावश्यक आर्थिक भार पर्ने गरेको पौडेलले बताउनुभयो ।
पुलको स्तर बृद्धिका लागि पटकपटक कुरा उठाएपनि अहिले सम्म कार्यानव्यन नहुदा स्याङ्जा जिल्ला बासी मात्रै नभएर गण्डकी प्रदेशका सबै जनता मर्कामा परेको पौडेलको भनाइ छ ।

कृषि सामग्री स्याङ्जाको लागि मल धुवानी गर्ने ठेकेदारले राम्दी पुलको क्षमतालाई देखाएर मल धुवानीमा ढिलाई गरेपछि कृषकले खेतबारीमा मल राख्ने समयमा मलको अभाव देखिएकोले कृषि मन्त्रालयको पहलमा वैकल्पीक उपाय अपनाएर जिल्लामा मल ल्याइएको जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपती पौडेलेले जानकारी दिनुभयो । कृषकको लागि मलको समन्नवय स्थानीय तहले गर्नुपर्ने भए पनि स्थानीय तहले समन्नवय नगर्दा र मल बिकृको लागि अनुमती पाएका सहकारीहरु नाफा मुखि हुदा केही समस्या देखिएको पौडेलले बताउनुभयो ।

कृषि सामग्री कम्पनी स्याङ्जाका प्रमुख विशेश्वर गिरीले मल धुवानीमा केही समस्या भएपनि अहिले जिल्लामा किसानको लागि चाहिने आवश्यक मलको कुनै कमी नभएको बताउनुभयो । गिरीले राम्दी पुलबाट १० टन भन्दा बढि लोडका ढुवानीका साधन आउन नपाउने भएकोले केही समय पहिला मलको समस्या भएपनि अहिले जिल्लामा मलको कुनै समस्या नभएको र १ सय २५ टन युरीया मल जिल्लामा स्टक रहेको बताउदै कृषि सामग्री कम्पनीबाट प्रत्येक हप्ताको आइतबार र मंगलबार मल वितरण हुदै आएको जानकारी दिनुभयो ।

पुतलीबजार नगरपालिका ३ का समाज सेवी अनन्त कुमार श्रेष्ठले राम्दी पुलको भारबहान क्षमता कमी हुदा बुटवल बाट स्याङ्जा ल्याउनुपर्ने सामान नारनघट, मुग्लिन, पोखरा हुदै घुमारएर बैकल्पीक बाटोको प्रयो गरेर स्याङ्जा ल्याउदा करीब १ सय किलो मिटरको दुरी अनावश्यक यात्रा गर्नुपर्ने भएकोले ढुवानी गर्दा समयका साथै खर्च समेत बढि लाग्ने भएकोले उपभोक्ताहरु मर्कामा परेको बताउनुभयो ।

 कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले राम्दी पुलको लागि गत वर्ष नै बजेट छुट्याएको र सड्क विभागले निर्माण सम्बन्धी प्रकृया अगाडी बढाएको जानकारी दिनुभयो । सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख मुकुन्द अधिकारीले आगामी आर्थिक वर्षदेखि अहिले चालु अवस्थामा रहेको राम्दी पुलको मर्मत कार्य गरिनुका साथै सोही स्थानमा अर्को नयाँ पुल निर्माणको कार्य अगाडी बढाइने जानकारी दिनुभयो । प्रमुख अधिकारीले भन्नुभयो, “राम्दी पुलको लागि अर्को वर्ष मर्मतका साथै सोही ठाउँमा नयाँ पुलको निर्माण कार्य गर्ने गरी कार्यक्रम अगाडी बढेको छ । पहिला डिजान तयार गर्ने कार्य सकिने बित्तिकै निर्माण कार्यको शुरु गर्छौ ।”

पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष भगवान भण्डारीले पुल जिर्ण भएकोले केही वर्ष पहिले आफुहरुको पहलमा मर्मत कार्य भएपनि सो पुलका कारण जोखिम बढ्दै गएको बताउनुभयो । धार्मीक मेला महोत्सवका साथै पुलमा एकैपटक धेरै सवारी साधनको आवतजावत हुदा थप जोखिम हुन सक्ने भएकोले यस बारेमा ध्यान दिनुपर्ने भण्डारीले बताउनुभयो ।
गण्डकी प्रदेशको राजधानी पोखरादेखि भारतको सुनौली नाका संग जोडने सिद्धार्थ राजमार्गको स्तर उन्नती संगै कालीगण्डकी नदी राम्दीमा बढि भारबहान क्षमताका सवारी साधन आवतजावतको लागि नयाँ पुलको निर्माण भएको खण्डमा स्याङ्जा जिल्लाको मात्रै नभएर समग्र गण्डकी प्रदेशको विकास निर्माणका साथै आम उपभोक्तालाई फाईदा पुग्ने देखिन्छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal