औषधी लिएर संक्रमितको घर–घरमा जनप्रतिनिधी


स्याङ्जा,१३ जेठ –कोरोना संक्रमणको दोस्रो भेरियन्ट गाउँ घर सम्मै पुगेपछि जनप्रतिनिधीहरु आवश्यक औषधी र स्वास्थ्य कर्मी सहितको टोली लिएर संक्रमितको घर–घरमा पुगेकाछन् ।
गत वर्षको पहिलो चरणको कोरोना संक्रमणको प्रभाव गाउँघरमा भन्दा बजार क्षेत्रमा बढि प्रभावित पारेको भएपनि यस पटकको दोस्रो लहरको संक्रमण बजार क्षेत्र संगसंगै ग्रामीण क्षेत्रमा समेत बढि संक्रमण फैलिदै गएकोले स्थानीय जनप्रतिनिधीहरु संक्रमीतको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यक सल्लाहा र औषधी दिनको लागि घरगाउँमै पुग्ने गरेकाछन् ।

आँधीखोला गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेल गाउँपालिकामै आयुर्वेद सम्बन्धी औषधीको उत्पादन गरेर सोही औषधी र स्वास्थ्य कर्मीको टोली लिएर पालिकाका जनताको घर दैलोमा पुग्नुभएको छ । पालिकाले आयुर्वेदिक स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मी सहितको टोली संगै संक्रमितको घर–घरमा पुगेर औषधी बितरण गर्नुभएको हो ।
कोरोना संक्रमित बिरामीहरुको लागि रोग संग लड्न प्रतिरोधात्मक क्षमता बढाउने औषधी संक्रमित बिरामीको घरमै पुगेर बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले गाउँगाउँमा संक्रमण बढ्दो अवस्थामा रहेकोले संक्रमितहरुको घरमै पुगेर आवश्यक परामर्श सहित औषधी समेत बितरण गरिएको बताउनुभयो । गाउँमा रोगका लक्षणहरु देखिएपनि उपचारमा चासो नदेखाउनुका साथै त्रसित बनेर बस्ने अवस्था आएकोले गाउँपालिकाको एक टोलीनै बनाएर गाउँगाउँमा पुगेको बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, “गाउँघरमा कोरोना संक्रमण संग मिल्ने लक्षण देखिएपनि जनचेतनाको अभावमा सतर्कता नअपनाएको र छिमेकमा समेत त्रास फैलीने अवस्था आएकोले संक्रमितको घर–घरमा पुगेर आवश्क परामर्श दिदै आएकाछौ ।”

गाउँपालिकाका विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि होम आइसोलेसनमा बसेका पंचमुल, चिलाउनेबास , सेतिदोभान र फापरथुमका संक्रमितहरुलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो ।
संक्रमितहरुको घरमै पुगेर भेट गरी स्वास्थ्यमा जटिल समस्या आउने अवस्था आए तुरुन्तै गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो । संक्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, मास्क सेनिटाइजर तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र भिटामिन युक्त औषधी वितरण गर्दा बिरामीमा रोगलाई जित्ने आत्मबल बढ्ने अध्यक्ष पौडेलको भनाइ थियो ।
कोरोना संक्रमणलाई लक्षित गरेर सेतिदोभानमा २० बेडको कोभिड अस्थायी अस्पतालको निर्माण गरेको र गाउँपालिकाका जनताको जीवन रक्षाका लागि गाउँपालिकाले कुनै कसर बाकी नराख्ने बताउदै स्वास्थ्यका मापदण्ड पालना गर्दै सचेत रहन समेत पालिका बासिलाई अध्यक्ष पौडेलले आग्रह गर्नुभएको छ । आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च गाउँपालिकाले नै बेहोर्ने र बाहिरबाट आउनेहरुको लागि पालिकाले बनाएको क्वारिन्टिनमा बस्न चाहानेहरुको लागि निशुल्क खानाका साथै बस्ने ब्यवस्था समेत मिलाएको गाउँपालिकाका सूचना प्राविधि अधिकृत रोशन लामिछानेले जानकारी दिनुभयो ।

यसै गरी गल्याङ नगरपालिकाका नगरप्रमुअ भुपराज अधिकारीले नगरबासीको स्वास्थ्य प्रति नगरपालिका निकै सम्बेदनशिल रहेको बताउदै नगरपालिकाले कोरोना संक्रमणबाट प्रभावित भएका गाउँ बस्तिमा पुगेर आवश्यक औषधीका साथै परामर्श र सहयोग गर्दै आएको बताउनुभयो । कोरोना संक्रमणबाट बच्ने भनेकै स्वास्थ्य मापदण्डको पालना गर्नुका साथै सचेतना अपनाउनुनै अहिलेको आवश्यकता भएकोले नगरपालिका अहिले यही अभियानमा रहेको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुयो,“हामी अहिले नगरबासीलाई कोरोनाको संक्रमण हुनबाट कसरी सुरक्षीत गर्न सकिन्छ भनेर लागिरहकाछौ, गल्याङ नगर अस्पताललाई कोभिड अस्पतालको रुपमा अक्सिजन सहितको सेवा दिएर बिरामीहरुको उपचार गर्ने ब्यवस्था मिलाएकाछौ ।” अस्पतालमा रहेका एम्बुलेन्सले संक्रमित बिरामीहरुको लागि निशुल्क सेवा दिइरहेको र थप आवश्यक परेको अवस्थामा बिरामीलाई उपचारको लागि अस्पताल सम्म लैजानको लागि नगरपालिकाको सवारी सादन समेत तयारी अवस्थामा राखिएको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो ।

संक्रमणबाट बढि प्रभावित भएको नगरपालिकाको ११ नम्बर वडा जिमुहामा औषधी सहित नगरप्रमुअ अधिकारी, स्वास्थ्य कर्मी लगायतको टोलीले औषधी बितरण गर्नुका साथै आवश्यक परामर्श समेत दिएको थियो भने नगरभित्रका वडाहरुमा संक्रमणलाई थप फैलिनबाट रोकन नगरपालिकाको स्वास्थ्य शाखाको टोली पुगेर निशुल्क एन्टिजिन समेत परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बिरामीको लागि अस्पताल सम्म लैजाने सवारी सादनको ब्यवस्था गरिएकोले समस्या परेमा तुरुन्तै नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्नुभयो ।
कोरोना संक्रमणबाट त्रसित बनेका संक्रमितहरु आफ्नै घरआगनमा औषधी सहितको स्वास्थ्य कर्मी लिएर जनप्रतिनिधी आइपुग्दा खुसि लागेको बताउछन् । स्थानीय तहका प्रमुख लगायतका टोलीले संक्रमितको घरमै पुगेर भेटघाटका साथै आवश्यक सरसल्लाहा एवं सुझाब दिदा संक्रमितहरुले राहातको महसुस गरेकाछन् ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal