स्याङ्जाका स्थानीय तहको चासो खोपतिर
स्याङ्जा,११ जेठ– जिल्लामा कोरोना संक्रमणका कारण दैनिक जसो बिरामीको मृत्यु हुनथालेपछि स्थानीय तहका प्रमुहरुले खोप खरिद प्रति चासो देखाउन थालेकाछन् । कोरोना संक्रमणबाट बचाउन खोपको अति आवश्यक्ता भएको भन्दै स्थानीय तहका प्रमुखहरुले यस तर्फ चासो देखाएका हुन् ।
वालिङ नगरपालिकाले कोभिड विरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई एक पत्र लेखेर अनुरोध गरेको छ भने हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जनता बचाउनको लागि खोपको अति आवश्यक भएको भन्दै यस आर्थिक वर्षको सबै विकास बजेट कटाएर खोप खरिद गर्न तयार रहेकोले खोप किन्न पाइने ठाउँको खोजि गर्न आग्रह गर्नुभएको छ ।
वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणद्वारा हस्ताक्षरित पत्रमा वालिङका नागरिकहरुले खोपको अत्याधिक माग गरेकाले मन्त्रालयबाट उपलब्ध गराउन आग्रह गर्नुभएको छ । नगरप्रमुख खाँणले मन्त्रालयबाट उपलब्ध गराउन संभव नभए नगरपालिकाले आफ्नै खर्चमा खोप खरिद गर्ने वातावरण सृजना गर्न र नगरपालिकाले आँफै खोप खरिद गर्न तयार रहेकाले खरिदका लागि अनुमति दिन पत्रमा उल्लेख गरिएको छ ।
हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले सरकार पहिला जनता बचाउन लाग्नुपर्ने बताउदै विकास र राजनीति पछि गर्दै गरौला भन्नुभएको छ । मानन्धरले खोप जसले किने पनि जनताकै पैशा भएकोले खोप किन्न पाइने ठाउँको खोजि गर्न समेत अध्यक्ष मानन्धरले आग्रह गर्नुभएको छ ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार

























