गुणस्तरहिन सेनिटाईजर बरामद

स्याङ्जा,११ जेठ– जिल्ला प्रहरी कार्यालय स्याङजाले स्याङ्जा जिल्लामा डिलरको रुपमा नक्कली सेनिटाईजर विक्रि वितरण गर्दै आएका प्रगतीनगर घुम्तीका एक व्यक्तीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले स्थानीय देवेन्द्र पौडेललाई करिब २ सय लिटर नक्कली सेनिटाईजर सहित नियन्त्रणमा लिएको हो ।

गोप्य सुराकीका आधारमा स्याङजा जिल्लामै नक्कली सेनिटाईजरको विक्रि वितरण गर्दै आएका स्याङजाका देवेन्द्र पौडेललाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले बताउनुभयो । प्रहरी उपरीक्षक बोगटीले पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।

स्याङजा प्रहरीले पौडेलले विक्रि वितरण गरेका नक्कली सेनिटाईजर सेनीटाईजरहरु स्याङजा सदरमुकाम पुतलीबजारमा रहेका सतीदेवी पोलिक्लीनीक र शुभ संगीता मेडिकलह हलबाट र पोखराबाट ल्याएका नक्कली सेनिटाईजर स्याङजा हस्पीटलबाट जफत गरेको छ । स्याङजा प्रहरीले बजारमा नक्कली सेनिटाईजर को विगविगी रहेकाले कम्पनी हेरेर मात्रै सामान वा सेनिटाईजर खरिद गर्न अनुरोध गरेको छ ।

काठमाडौंमा प्रहरीले कम्पनी माथी छापा हानेपछी सेनिटाईजर नक्कली हो भन्ने आफुलाई पनि थाहा पाएको पक्राउ परेका पौडेलले प्रहरीलाई बताउनुभयो ।

ताजा

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal