गह्रौं प्राथमिक अस्पताललाई १२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण


तोलाकान्त बगाले
वालिङ, ११ जेठ–कारोना महामारीको संक्रमण बढ्दै गएको अवस्थामा एक परिवारले गह्रौं प्राथमिक अस्पताललाई १२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । वालिङ नगरपालिका ८ घर भई हाल हङकङमा बस्दै आउनुभएका मोहन गुरुङ (तिला) र बीना गुरुङले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

गुरुङले परिवारले पिता यामबहादुर गुरुङमार्फत वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणलाई सामग्री उपलब्ध गराएको हो ।

नगरपालिकाले गह्रौं प्राथमिक अस्पतालमा निर्माण गरेको आईसोलेसन कक्षमा प्रयोग गर्ने गरी सहयोग गरेको सहयोग दाता परिवारका पिता यामबहादुर गुरुङले बताउनुभयो ।
विश्वब्यापी महामारीकोरुपमा तीब्र गतिमा फैलिरहेको कोभिड १९ को सङ्क्रमण वालिङमा पनि उच्च दरमा रहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि वालिङस्थित अस्पताललाई अत्याधुनिक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईएको यामबहादुर गुरुङले बताउनुभयो ।
“हामीले उपलब्ध गराएको स्वास्थ्य सामग्री कोभिडका समयमा र पछिल्लो समयमा पनि उत्तिकै उपयोगी हुने गरी उपलब्ध गराएका छौं” उहाँले भन्नुभयो, “आगामी दिनमा पनि अस्पताललाई आवश्यक पर्ने सहयोगहरु गर्दै जानेछौं र अहिले उपलब्ध स्वास्थ्य सामग्रीको सही सदुपयोग होस् भन्ने चाहन्छौं ।”

अस्पतालका प्रमुख डाक्टर सरोज थापाले सहयोगी दाताले अस्पताललाई आवश्यकता खड्केको सामग्री उपलब्ध गराएकोले बिरामीहरुको उपचारलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो ।
उहाँले अस्पताललाई उपयोगी हुने सामग्रीहरु प्राप्त भएकाले यसको सही सदुपयोग गर्दै बिरामीको जीवनरक्षाका लागि महत्वपूर्ण रहेको धारणा ब्यक्त गर्नुभयो ।
कोभिड रोकथाम तथा नियन्त्रणका लागि वालिङ नगरपालिकासँगै विभिन्न सहयोगीहरुले गर्नुभएको सहयोगले झन हौसला थपेको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा प्रयोग गर्ने गरी उपयोगी स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएर नगरपालिका तथा अस्पताललाई ठूलो गुन लगाउनुुहुने दाताहरुप्रति बिरामीहरुको आशिर्वाद लाग्ने नगर प्रमुख खाँणले धारणा ब्यक्त गर्नुभयो ।
बिरामी परीक्षण गर्ने मोनिटर ५ थान, ह्वील चियर १० थान, स्टे«चर १० थान, १०० लिटरको अटोक्लेम मेसिन १ थान, पिपिई सेट १०० थान, बिरामी बोक्ने ट्रली २ थान, एण्टिजिन टेष्ट कीट ५० पिस, एन नाईन्टी फाईभ मास्क ३०० थान अस्पताललाई उपलब्ध गराईएको हो ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal