स्वाब परीक्षणको रिपोट आउन ढिला हुदा संक्रमणको जोखिम बढ्यो
हिमलाल पराजुली
स्याङ्जा,५ जेठ– कोरोना भाइरस (कोभिड १९) को संक्रमण गाउँगाउँमा पुगेपछि जिल्लामा यसको जोखिम झन बडेर गएको छ । गाउँघरमा कोरोना संक्रमितको संख्या बढे संगै स्थानीय पालिकाहरुले टोलटोलमा पुगेर संक्रमितहरुको स्वाब संकलन गरेर परीक्षणको लागि जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाए पनि परीक्षणको रिपोट आउन ढिलो हुदा जोखिम झनै बढेर गएको हो ।
स्वाब संकलन गरी पठाएको १०÷१२ दिन सम्म पनि रिपोट नआउदा संक्रमितको परिवरमा समेत समस्या हुने गरेको छ भने यसले अन्य उपचारमा समेत अन्योलताका साथै थप त्रास सिर्जना गरिएको छ । स्वाब संकलन गरिएकाको रिपोट नआउदै मृत्यु हुने र केही बिरामीको रिपोट आउनुभन्दा अगाडी नै ठिक भएका घटनाहरुले संक्रमण नियन्त्रण गर्नमा थप चुनौती थपिएको पाइन्छ ।
जिल्ला सदरमुकामदेखि टढाको दुरीमा रहेका हरिनास गाउँपालिका, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकमा स्वाबको रिपोट आउन लामो समय लाग्दा थप समस्या भएको पालिका प्रमुख हरुको भनाइ रहेको छ ।
कालीण्डकी गाउँपालिका प्रमुख खिमबहादुर थापाले लामो समय सम्म स्वाबको रिपोट नआउदा आफुहरुलाई ब्यवस्थापना समस्या भएको बताउनुभयो । थापाले भन्नुभयो, “गाउँगाउँमा पुगेर स्वाब संकलन गरेर पठायो लामो समय सम्म रिपोट आउदैन, गाउँघरमा बजारमा जस्तो हुदैन लामो समय सम्म किसानहरुलाई घरमै बस्न मिलने अवस्था हुदैन । समयमा रिपोटो आएको खण्डमा संक्रमितलाई छुट्टै ब्यवस्थापन गरेर काम गर्न सहज हुनेथियो । रिपोटको कुराले हामीलाई सारै थकाएको छ ।”
यसै गरी हरिनास गाउँपालिकाका अध्यक्ष खिमनाराणय मानन्धरको पनि भनाइ उस्तै रहेको छ । स्वाब परीक्षणको लागि पठाएका ब्याक्तिको रिपोट नआउदै मृत्यु भएको अवस्थामा दाहासंस्कार गर्न समेत समयाहुने गरेको अध्यक्ष मानन्धर बताउनुहुन्छ । जिल्लामा कोरोना संक्रमणले तिब्र रुप लिएपछि जिल्लाका बिभिन्न पालिकाबाट संकलन गरिएका स्वाबको रिपोट आउन ढिलाइहुदा यसले माहमारी झनै फैलीन सक्ने भएकोले स्वाब परीक्षणको रिपोट जतिसक्दो छिटो दिनुपर्ने विषयमा आफुले पटकपटक जनस्वास्थ्य प्रयोगशालामा सम्पर्क गरेर कुरा गर्दै आएको नेपाल कम्युनिष्ट पाटी (एमाले) का जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे(पारस) ले बताउनुभयो । एमाले अध्यक्ष पारसले भन्नुभयो, “मैले पटक पटक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्मा लाई सम्पर्क गरेर किन ढिला भयो रिपोट छिटो छिटो निकल्नुभर्यो भनेर धेरै पटक भने तर रिपोट छिटो आउन सकेन ।” निर्देशक शर्माले हुन्छ भनेपनि रिपोट समयमा आउन नसकेको अध्यक्ष पारसले बताउनुभयो ।
स्ववब परीक्षणको रिपोट आउन ढिला हुदा संक्रमितको उपचार र महामारी नियन्त्रणमा गम्भीर असर गर्न पुगेको बताउदै अध्यक्ष गैरेले सामाजिक सञ्जाल फेसबुक मार्फत गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले लेख्नुभएको छ । आधारभुत समस्या, आवश्यकता र कर्मचारीको लापरबाही के कारणले यस्तो अवस्थाको सिर्जना भएको हो ? तुरुन्त हल गर्न प्रदेश सरकारलाई ध्यानाकर्षणको लागि अनुरोध गर्दछु ।
जिल्लामा मंगलबार सम्म कुल १ हजार १ सय ८५ जना संक्रमित भएकाछन् भने १ सय ११ जना निको भएर घर फर्किएकाछन् । मृत्यु हुनेहरुको संख्या ५२ पुगेको छ भने विभिन्न अस्पतालमा ३५ जना पुरुष र १७ महिला गरी ५२ जनाको उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानारी अनुसार होम आइसोलेसनमा ४ सय ७३ महिला र ४ सय ५९ पुरुष रहेकाछन् भने आइसोलेसन केन्द्रमा ८ महिला र २९ पुरुषको उपचार भइरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिनुभयो । जिल्लामा ३ सय १७ आइसोलेसन बेड र १ सय ९९ अक्सिजन सिलिण्डर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पालिकाहरुबाट संकलन गरिएको स्वाबको रिपोट आउनमा ढिलाइ भएको विषमा सोधिएको जिज्ञासाका विषमा जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिारी मित्रप्रसाद अर्यालले प्रदेश कार्यालयमा रहेको मेसिनमा समस्या आएकोले रिपोट आउनमा केही ढिला भएको र जिल्लामा भएको जनशक्ति पनि जनस्वास्थ्य निर्देशनालयमा पठाएकोले अब रिपोट आउन ढिलाइ नहुने अर्यालले बताउनुभयो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्मा लाई सम्पर्क गरी स्वाब परीक्षणको आउनमा ढिलाइ हुनाको बारेमा बुझ्ने प्रयास फोन सम्पर्क नहुदा सफल हुन सकेन ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार

























