कोभिड नियन्त्रमा सहयोग पुर्याउन एमाले द्वारा बिभिन्न समिति गठन
वालिङ,५ जेठ– कोरोना भाइरस (कोभिड १९) को दोस्रो संक्रमणको लहर बढ्दै गएको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कोभिड नियन्त्रमा सहयोग पुर्याउन विभिन्न समिति गठन गरेको छ ।
नेकपा एमाले वालिङ नगर कमिटीले कोरोना संक्रमणका कारण समस्यामा परेका जनताको उपचारमा सहजिकरणका साथै सहयोग पर्याउन तीन ओटा समिति गठन गरेको जनाएको छ ।
नगर कमिटी अध्यक्ष राजेन्द्र डुम्रेको संयोजकत्वमा पाँच सदसिय जनसम्पर्क समिति, शोभाकान्त पौडेलको संयोजकत्वमा नौ सदसिय आर्थिक ब्यवस्थापन समिति र अनन्तराज गैह्रेको संयोजकत्वमा नौ सदसिय यातायत संयोजन समिति गठन गरिएको नगर कमिटी सचिव शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।
वालिङमा बसेको नगर कमिटीको बैठकले वालिङ नगरपालिका संग गाउँगाउँ सम्म फैलीएको कोभिड संक्रमणको परीक्षणलाई ब्यापक बनाउन, उपचारमा संलग्न स्वास्थ्य कर्मीहरुको मनोबल बढाउन स्वास्थ्य कर्मीहरुलाई प्रोत्साहन भत्ताको ब्यवस्था गर्न अनुरोध गर्ने, नियमित औषधी सेवन गरिरहेका दिर्घ रोगीहरुलाई विमा द्वारा उपलब्ध हुदै आएको औषधी कोभिड संक्रमणका कारण जनशक्ति अभावका कारण रोकिएको भन्ने कुरा आएकोले गह्रौ प्राथमिक आस्पतालमा जनशक्ति थप गरी बिमा कार्यक्रमलाई सुचारु गर्न आग्रह गर्ने, नगरले प्रदान गर्ने सेवा सुविधाका बारेमा जनमानसमा सूचना न्यून मात्रामा पुगेकाले त्यसलाई ब्यापक बनाउन आग्रह गर्ने निर्णय भएको नगर कमिटी अध्यक्ष राजेन्द्र डुम्रेले जानकारी दिनुभयो ।
कोरोेना संक्रमणका बारेमा नकरात्मक भावनाको विकास हुदा संक्रमितहरु खुलन नचाहादा थप समस्या निम्तिन सक्ने जोखिम बढ्दै गएकोले कोरानाका बारेमा समाजमा जनचेतना फैलाउने कार्यमा लाग्न समेत नेकमा एमालेले कार्यक्रताहरुलाई आग्रह गरेको छ ।
कोरोना संक्रमित बिरामीहरुको लागि पर्ने आर्थिक, यातायातका साथै अन्य जानकारी सम्बन्धी समस्याहरुको समाधानका लागि पार्टीको तर्फबाट सहयोग गर्ने एमालेले नगर कमिटी वालिङले जनाएको ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार






















