वालिङमा सञ्चालनमा आयो आइसोलेसन केन्द्र
वालिङ,३१ वैशाख– गह्रौ प्राथमिक अस्पतालमा अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा आएको छ । वालिङ नगरपालिकाले निर्माण गरेको ३५ शैयाको अक्सिजनसहितको आइसोलेसन केन्द्र बिहीबार साँझदेखि सञ्चालनमा आएको छ ।
नगर प्रमुख दिलीपप्रताप खाँणले गह्रौ प्राथमिक अस्पतालको निर्माणाधिन भवनमा अक्सिजन सहितको आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो । आइसोलेसन कक्षमा रहेका प्रत्येक शैयामा अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सन्ट्रेटर जडान गरी उपचार गरिने नगरप्रमुख खाँणले बताउनुभयो ।
कोभिडको दोस्रो लहरका सङ्क्रमितहरुमध्ये केहीलाई स्वास प्रस्वासमा समस्या देखिने गरेकाले उहाँहरुको अवस्था हेरी अक्सिजन दिएर उपचार गरिने र धेरै नै समस्या देखिएमा वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्र्ने अवस्था आएमा थप उपचारका लागि लगिने नगर प्रमुख खाँणले बताउनुभयो ।
जिल्लाका ११ पालिकाहरु मध्ये अन्य पालिकाको तुलनामा वालिङमा कोरोना संक्रमितको संख्या बढि रहेको छ । सङ्क्रमितहरुलाई दैनिक मनोसामाजिक परामर्श दिनुका साथै घर–घरमै लगेर औषधिहरु उपलब्ध गराउँदै आएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार























