युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
वालिाङ,२५ असोज– युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’को लोकार्पण गरिएको छ।
वालिङ उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बिच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेले कृतिको लोकार्पण गर्नुभएको हो । खनालको निर्बन्ध–आख्यान कृति ‘वेध’ नेपाली साहित्यको क्षेत्रमा एउँटा महत्वपूर्ण कृतिको रुपमा आएकोमा आफुलाई निकै खुसिलागेको कुलपति न्यौपानेको भनाई थियो । उहाँले कृति ‘वेध’ पढ्न् पर्ने र गर्भ गर्न लायक भएको बताउनुभयो ।

साहित्य, कला र भाषाको संरक्षण गर्ने अभियानमा गण्डीक प्रज्ञा प्रतिष्ठान योजना बनाएर अगाडी बढेको बताउदै साहित्यकार एवं स्रष्टाको संरक्षणमा सहयोग गर्ने समेत कुलपति न्यौपानेले बताउनुभयो । उहाँले गण्डकी प्रज्ञा प्रतिष्ठान शुद्ध लेख्नु पर्छ र बोल्नुपर्छ भन्ने अभियानमा रहेको समेत बताउनुभयो । साहित्यकार कृष्णप्रसाद पौडेल, त्रिभुवन बहुमुखि क्याम्पस पाल्पाका क्याम्पस प्रमुख डा. टंक पन्त, समालोचक एवं स्रष्टा डा.शंकर प्रसाद गैह्रे, वालिङ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राजु कुँवर (बोधराज), रणविर मावि खहरेका प्रअ लक्ष्मी रेग्मी, पुस्तकका लेखक वसन्त खानाल, रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापा, युवा साहित्यकार मिलन समीर, सागर खनाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा अग्रज साहित्यकार एवं स्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम वैकल्पिक बाछो पृथक पाइला सिर्जनात्मक अधियान स्याङ्जाको आयोजना, साकिरा प्रतिष्ठान वालिङको व्यवस्थापन र वालिङ नगरपालिकाको सहयोगमा सम्पन्न भएको थियो ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















