वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
राधिका पाैडेल
स्याङ्जा,२१ असोज- वालिङमा बजार अनुगमन गरिएकाे छ।बुधबार गरिएकाे बजार अनुगमनका क्रममा २६ हजार २८१ रुपैँया मूल्य बराबरका म्याद गुज्रिएका तथा खानयोग्य नभएका खाद्यवस्तु नष्ट गरिएको हाे।
बजारमा खाद्यवस्तुको गुणस्तर र उपभोक्ताको स्वास्थ्यप्रति व्यवसायी तथा उपभोक्ता दुवै सचेत हुनुपर्ने आवश्यकता अनुगमनले देखाएको छ। जिल्ला प्रशासन कार्यालय र एकीकृत सेवा कार्यालय स्याङ्जाको संयुक्त आयोजनामा भएको अनुगमनमा वालिङ नगरपालिकाको कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चको सहभागिता रहेको थियो।

अनुगमन टोलीले १८ वटा होटल तथा रेष्टुरेण्ट र १८ वटा खाद्य किराना पसल निरीक्षण गरेको थियो। टोलीले व्यवसाय दर्ता तथा नवीकरण, मूल्यसूची, नापतौल तथा प्रमाणपत्र, खाद्य वस्तुको लेबल, उत्पादन तथा उपभोग्य मिति, करमा दर्ता तथा खरिद–बिक्री बिललगायतका विषयमा जाँच गरेको थियो। मिठाई पसलमा खाद्य वस्तुको गुणस्तर तथा विगतमा दिइएका निर्देशनको कार्यान्वयन अवस्थासमेत निरीक्षण गरिएको थियो।
अनुगमनका क्रममा म्याद गुज्रिएका तथा खानयोग्य नभएका खाद्य वस्तु फेला परेपछि नष्ट गरिएको हो। टोलीले व्यवसायीलाई म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य वस्तु बिक्री नगर्न, मूल्यसूची स्पष्ट रूपमा देखिने गरी राख्न, खरिद तथा बिक्रीका बिल सुरक्षित राख्न र खाद्य वस्तुको उचित भण्डारण गर्न निर्देशन दिएको छ।
उपभोक्तालाई पनि सचेत रहन आग्रह
बजार अनुगमनको उद्देश्य व्यवसायीलाई कारबाही गर्नु मात्र नभई उपभोक्ताको स्वास्थ्य, अधिकार र सुरक्षित खाद्य उपभोग सुनिश्चित गर्नु पनि रहेको छ। त्यसैले उपभोक्ताले सामान खरिद गर्दा आकर्षक प्याकेट वा सस्तो मूल्य मात्र नहेरी उत्पादन तथा उपभोग्य मिति, लेबल, मूल्य, गुणस्तर र प्याकेजिङको अवस्था अनिवार्य रूपमा जाँच गर्नुपर्ने देखिएको छ।
उपभोक्ताले सामान खरिद गरेपछि बिल लिन, शंकास्पद वा म्याद गुज्रिएका खाद्य वस्तु नकिन्न तथा त्यस्ता वस्तु बिक्री भएको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउनसमेत आवश्यक छ। सुरक्षित र गुणस्तरीय बजार निर्माण व्यवसायीको मात्र जिम्मेवारी नभई उपभोक्ता, स्थानीय तह तथा सम्बन्धित नियमनकारी निकाय सबैको साझा दायित्व भएकाले नियमित अनुगमनसँगै उपभोक्ता सचेतना र नागरिक खबरदारीलाई पनि निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको छ।

ताजा
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार





















