विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

राधिका पाैडेल

स्याङ्जा,७ असोज- लायन्स क्लब अफ स्याङ्जा पुतलीबजारले विद्यालयलाई स्टेशनरी सहयाेग गरेकाे छ।

संस्थाका पूर्व अध्यक्ष तथा सिनियर एओजी पिताम्बर गौतम ‘प्रकाश’को जन्मदिन तथा अन्तराष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा पुतलीबजार नगरपालिका–३ स्थित चण्डी कालिका बहिरा विद्यालयमा स्टेशनरी सामग्री सहयोग गरेको हाे। गौतमले जन्मदिन र सांकेतिक भाषा दिवस मनाउने क्रममा विद्यालय पुगेर विद्यार्थीका लागि आवश्यक सामग्री सहयोग गर्नुभएकाे हाे।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ एमका सिनियर चिफ एडभाइजर श्रीबहादुर गुरुङले लायन्स क्लबको उद्देश्य, सामाजिक सेवामा क्लबको भूमिका तथा मानवीय सेवाका गतिविधिबारे जानकारी दिनुभएकाे थियाे। 

क्लबले बालबालिकाको पढाईमा सहयोग पुर्‍याउने उद्देश्यले सहयाेग गरिएकाे र यस्ता कार्यहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

ताजा

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal