बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

काठमाडौं,११ भदाै- रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा बाढीका कारण जनधनको क्षति भएपछि नेपाल मेडिकल कलेजले बाढीबाट प्रभावित घाइते नागरिककाे निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने भएको छ। चीनको तिब्बतस्थित भू–भागबाट आएको बाढीका कारण बुधबार बिहानदेखि नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको घटनाप्रति कलेजले दुःख व्यक्त गर्दै विपद्को यस विषम परिस्थितिमा प्रभावित नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राखेर निःशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

प्रभावित नागरिकलाई तत्काल, सहज र सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन कलेजले चिकित्सक तथा स्वास्थ्यकर्मी, आकस्मिक सेवा, अस्पतालका शय्या, अत्यावश्यक स्वास्थ्य उपकरणलगायत आवश्यक स्रोत–साधनलाई तयारी अवस्थामा राखेको जनाएको छ।

कलेजले विपद्को कठिन परिस्थितिमा ‘मानव जीवनको रक्षा र स्वास्थ्य सेवा सबैको पहुँचमा’ भन्ने भावनाका साथ स्वास्थ्य सेवा संयन्त्र परिचालन गरेको जनाएको छ। आर्थिक अभावका कारण विपत्तिमा परेका नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आवश्यक स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको कलेजले जनाएकाे छ।

प्राकृतिक विपत्ति तथा आपत्कालीन परिस्थितिमा नेपाल सरकार, स्थानीय तह तथा नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउँदै आएको कलेजले यसपटक पनि प्रभावित नागरिकको जीवनरक्षा तथा उपचारका लागि सरकार, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, स्थानीय तह, संघसंस्था तथा नागरिकसँग आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता कलेजद्वारा जारी गरिएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

ताजा

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal