स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

राधिका पाैडेल

स्याङ्जा,३० साउन- जिल्ला प्रहरी कार्यालय स्याङ्जाले साउन महिनामा जिल्लामा भएका अपराध नियन्त्रण, शान्तिसुरक्षा तथा प्रहरी सेवासम्बन्धी गतिविधि सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालयले शनिबार पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी साउन महिनाभरका गतिविधि र उपलब्धिबारे जानकारी दिएको हो।

कार्यक्रममा साउन महिनामा अपराध अनुसन्धान, शान्तिसुरक्षा, सवारी दुर्घटना, विपद् व्यवस्थापन, लागूऔषध नियन्त्रण तथा नागरिक सेवा प्रवाहका क्षेत्रमा भएका कामबारे जानकारी गराइएकाे थियाे। अपराध तथा घटना न्यूनीकरणका लागि समुदाय, सञ्चारमाध्यम र सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकता दिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले साउन महिनाको प्रगति विवरण प्रस्तुत गर्दै अपराध नियन्त्रण तथा अनुसन्धानका गतिविधिबारे जानकारी दिनुभएकाे हाे। प्रहरीका अनुसार साउनमा विभिन्न शीर्षकमा २१ वटा मुद्दा दर्ता भएका छन् भने पाँचवटा फर्छ्योट भएका छन्।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले प्रहरी र सञ्चारमाध्यमबीचको समन्वयलाई थप प्रभावकारी बनाउने बताउनुभयाे। अपराध तथा घटना न्यूनीकरणका लागि प्रहरी र पत्रकारबीचको सहकार्य अझ बलियो बनाउँदै लैजानुपर्ने प्रमुख राठाैरकाे भनाइ थियाे।

प्रहरीले साउन महिनामा १ सय १६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। ती कार्यक्रममा २ हजार ५ सय ९१ जना सहभागी भएकाे र समुदाय प्रहरी साझेदारीअन्तर्गत पनि विभिन्न कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal