धुर्कोट ग्रेटवाल निर्माण
गुल्मी,६ साउन- गुल्मीको धुर्कोट गाउँपालिकाले एक किलोमिटर लामो धुर्कोट ग्रेटवाल निर्माण गरेको छ । धुर्कोट गाउँपालिका–६, धुर्कोट रजस्थलको ऐतिहासिक कोत र बुढीकोट जोड्ने गरेर धुर्कोट ग्रेटवाल निर्माण गरिएको हो । अग्लो डाँडो र चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने भएकाले धुर्कोट ग्रेटवाल पर्यटकीय आकर्षणका रूपमा विकास भएको छ ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले पर्यटकलाई कम्तीमा दुई दिन घुमेर धुर्कोटमा बास बस्ने बनाउन गाउँपालिकाले पर्यटकीय संरचनाहरूको निर्माण गरिरहेको बताउनुभयो । उहाँले ऐतिहासिक धुर्कोट कोत र सङ्ग्रहालय, विचित्र गुफा, बुढीकोट ग्रेटवाल, सहिद पार्क र झल्याकोटको एकीकृत विकासमा आफूहरूको जोड रहेको बताउनुभयो ।
धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईले तीन करोड १३ लाख ६८ हजार ६२१ रुपियाँको लागतमा ऐतिहासिक धुर्कोट कोट क्षेत्र पूर्वाधार निर्माण तथा धुर्कोट ग्रेटवाल निर्माण गरिएको जानकारी दिनुभयो । बुढीकोट क्षेत्रमा आकर्षक ग्रेटवालसहित विशाल शिवको मूर्ति, सिद्धको मन्दिर र वनभोजका लागि आवश्यक केही संरचना निर्माण गरिएको छ । गाउँपालिकाले ग्रेटवालको दायाँबायाँ र बुढीकोट क्षेत्रलाई पर्यावरणीय हिसाबले अझ आकर्षक बनाउन अमला, टिमुर, तेजपत्ता, धुपी, कल्की, कपुर, अम्बा, बेलपत्र, असारे फूल, बर, पिपल, कटहरलगायतका प्रजातिका दुई हजार बिरुवा रोपिएको दावी गरिएको छ ।गोप
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















