स्पेनले जित्यो विश्वकपको उपाधि
काठमाडौँ,४ साउन- विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ। अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको हाे । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हात पार्न सफल भएकाे थियो ।
अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो ।
अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे । उनले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल गर्यो ।
खेलको निर्धारित ९० मिनेटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भएकाे थियाे ।
सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनलयात्रा तय गरेको थियो । स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















