सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
वालिङ,३२ असार- स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले नियन्त्रित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
गए राति अस्थायी प्रहरी चौकी राम्दीबाट प्रहरी सहायक निरीक्षक रोशनलाल पाण्डेको नेतृत्वमा खटिएको टोलीले बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग.२ ख. १९५२ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा बसमा सवार दुई जनाको साथबाट नियन्त्रित लागूऔषध बरामद गरेको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–५ बस्ने ४० वर्षीय नरेन्द्र आचार्य र सोही स्थानका ३४ वर्षीय सुरज प्याकुरेल रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।
प्रहरीले उनीहरूको साथबाट बुप्रेनोर्फिन (Buprenorphine) ३१ एम्पुल, फेनरगन (Phenergan) ३० एम्पुल, डाइजेपाम (Diazepam) २९ एम्पुल, एक थान सिरिञ्ज तथा दुई थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि स्याङ्जा जिल्ला अदालतबाट आज सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रेमेश दत्त अवस्थीले जनकारी दिनुभयाे।
ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















