लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

फाइल तस्बिर

संयुक्त राष्ट्रसङ्घ,२६ चैत– लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका–इरानबिच हालै सहमति भएको नाजुक युद्धविरामलाई गम्भीर जोखिममा पारेको भन्दै संयुक्त राष्ट्रसङ्घले तीव्र चिन्ता व्यक्त गरेको छ । द्वन्द्व थप चर्किने सङ्केत देखिएपछि कूटनीतिक प्रयासहरू कमजोर बन्दै गएको मूल्याङ्कन गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्तामार्फत जारी वक्तव्यमा लेबनानमा जारी सैन्य गतिविधिले युद्धविराम मात्र नभइ, क्षेत्रीय स्थायित्व र दीर्घकालीन शान्ति स्थापनाका प्रयासहरूलाई समेत गम्भीर चुनौती दिएको उल्लेख गरिएको छ । महासचिवले सबै पक्षलाई तत्काल शत्रुता अन्त्य गरी वार्ताको बाटो रोज्न पुनः आह्वान गर्नुभएको प्रवक्ताले जनाउनुभयो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार भएको इजरायली आक्रमणमा कम्तीमा १८२ जनाको ज्यान गएको छ भने ८९० जना घाइते भएका छन् । राजधानी बेरुत केन्द्रित यस बमबारीलाई इजरायल–हिजबुल्लाहबीचको हालको द्वन्द्व सुरु भएयताकै सबैभन्दा भीषण आक्रमण मानिएको छ ।

क्षेत्रीय तनाव अमेरिका–इरानबीचको टकरावसँग जोडिएर थप जटिल बनेको छ । इरान समर्थित समूहहरूले इजरायललाई निशाना बनाएपछि लेबनान पनि युद्धको घेरामा तानिएको हो । यसैबिच, इरान र संयुक्त राज्य अमेरिका दुई साताको युद्धविराममा सहमत भए पनि इजरायलले लेबनानमा भइरहेको सैन्य कारबाही उक्त सहमतिको हिस्सा नभएको स्पष्ट पारेको छ ।

हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि स्थिति थप तनावपूर्ण बनेको छ । इरानको संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबाफले समेत युद्धविराममाथि प्रश्न उठाउने अभिव्यक्ति दिएको देखिएको छ ।

संयुक्त राष्ट्रसङ्घले बढ्दो नागरिक हताहतीप्रति गहिरो दुःख व्यक्त गर्दै सर्वसाधारणमाथि भएको क्षतिको कडा निन्दा गरेको छ । “द्वन्द्वको कुनै सैन्य समाधान छैन”, भन्दै महासचिवले पुनः कूटनीतिक पहललाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।

यसअघि संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्क तथा अन्तर्राष्ट्रिय रेड क्रस समितिले लेबनानमा भएको व्यापक हत्या र विनाशलाई ‘भयावह’ भन्दै आलोचना गरेका थिए । टर्कले इरानसँग युद्धविराम सहमति भएको केही घण्टामै यस्तो हिंसा हुनु विश्वासमाथिको गम्भीर आघात भएको टिप्पणी गर्नुभएको थियो । उता, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि लेबनानलाई समेट्ने गरी व्यापक युद्धविरामको पहल गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ । रासस/एएफपी

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal