ट्रकले ठक्कर दिँदा दुई युवकको मृत्यु

अनिल पराजुली

हेटौँडा,१३ फागुन– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर राक्सिराङ गाउँपालिका –१ निवासी २२ वर्षीय सञ्जित स्याङतान र सोही मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय अमोश थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका दुवै जनालाई उपचारका लागि चुरेहिल अस्पताल पठाइएमा उपचारको क्रममा उहाँहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो ।

हेटौँडा बजारबाट मनहरीतर्फ जाँदैगरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाइ नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको ग २ ख ८९८ नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय नेवारपानीले जनाएको छ । 

दुर्घटनापछि फरार भएको ट्रकलाई पर्सा वीरगञ्ज महानगरपालिका –१३ पर्तिमाचोकस्थित ग्यारेजबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

ट्रक चालक बारा जितपुरसिमरा उपमहानगरपालिका –३ निवासी ३६ वर्षीय अनिल साह फरार रहेका छन् । उहाँको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।गोप

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal