नेकपा एमाले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ द्वारा संकल्प पत्र सार्वजनिक, सुशासन देखि आँधिखोला हाईड्म–कालीगण्डकी नदिमा जल यातायात सम्म

वालिङ,५ फागुन– नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ ले संकल्प पत्र सार्वजनिक गरेको छ ।
मंगलबार वालिङस्थित सिटीहलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको संकल्प पत्रमा सुशासन देखि आँधिखोला हाईड्म–कालीगण्डकी नदिमा जल यातायात सम्मका महत्त्वाकाङ्क्षी योजनालाई समेटिएको छ ।
सिद्धार्थ राजर्मागको स्तरउन्नतीका साथै सहायक राजमार्गको कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।
पूर्वाधारको विकास, पर्यटन, धार्मिक, सांस्कृतिक विकास र वातावरण संरक्षण, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समावेशिताका साथै युवा खेलकुदको क्षेत्रलाई संकल्प पत्रमा समेटिएको छ । संकल्प पत्रमा समावेस गरिएका कार्यहरुलाई कार्यान्वयन गर्नको लागि योजना बनाएर काम गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य एवं नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका खिमबहादुर थापाले बताउनुभयो ।
स्थानीय तहमा प्रमुखको भूमिकामा रहेर उत्कृष्ठ नतिजा निकाल्न सफल भएका थापाले कालीगण्डकी गाउँपालिकामा गरेको कामलाई निर्वाचन क्षेत्रका साथै देशैभर कार्यान्वयमा ल्याउनको लागि नीति निर्माणको तहमा पुग्नको लागि पनि सूर्य चिन्नमा मतदान गर्न आम मतदाताहरुलाई आग्रह गर्नुभयो । थापाले स्थानीय तहमा गरेको अनुभवलाई संघीय संसदमा उपयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
उम्मेदवार थापाले ‘कालीगण्डकीको शिरदेखि तिरसम्म’ भन्ने नारासहित कालीगण्डकीमा मिनी पानीजहाज जलयातायत सञ्चालनको लागि अनुसन्धान गरेर आवश्यक पूर्वाधारको विकास गरि आगामी पाँच वर्ष भित्रमा व्यावसायीक ढंगले जलयातायात सञ्चालनमा ल्याइने संकल्प पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा एमाले सचिव तथा समानुपातिक उम्मेदवार पद्मा कुमारी अर्यालले स्थिर सरकार र स्पष्ट नीतिको आवश्यकता बताउनुभएको छ ।
अहिले विशेष अवस्थामा निर्वाच भएकोले यो निर्वाचन सामान्य नभएकोले देश बचाउनको लागि नेकपा एमालेका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

ताजा

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal