कालीगण्डकी माध्यमिक विद्यालयको ३८ औँ वार्षिक उत्सव सम्पन्न
वालिङ,६ माघ- वालिङ नगरपालिका वडा नम्बर १४ डाँडाखर्क स्थित गाजनेमा रहेकाे कालीगण्डकी माध्यमिक विद्यालयको ३८ औँ वार्षिक उत्सव, अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ।
कार्यक्रममा वडा अध्यक्ष बोधराज कुँवरले शैक्षिक क्षेत्रकाे सुधारका लागि आफुहरु लागि परेकाे बताउदै यश क्षेत्रकाे विकासका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयाे।वडाकाे समग्र विकासका लागि आफू निरन्तर लागि पर्ने समेत अध्यक्ष कुँवरले बताउनुभयाे।

कार्यक्रममा कार्यपालिका सदस्य भगवती पाण्डे डुम्रे, यामबहादुर कुँवर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल कुँवर लगायतले बाेल्नुभएकाे थियाे। विद्यालयका प्र.अ दीपक डुम्रेले विद्यालयकाे वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे।
कार्यक्रममा परमानन्द डुम्रे स्मृति अक्षय कोष, टिकाराम पाठक स्मृति अक्षय कोष सीताराम डुम्रे स्मृति अक्षय कोष द्वारा विद्यार्थीहरू लाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएकाे थियाे।

भजन किर्तन सहित सम्पन्न कार्यक्रममा स्व. हुमप्रसाद लुइटेल र स्व. भगवती लुइटेलको स्मृतीमा छोराहरु मेघनाथ लुइटेल (राजु) र दिपेन्द्र लुइटेल संरक्षक रहनेगरी रु २०००० को स्वर्गीय हुमप्रसाद लुइटेल भगवती स्मृति अक्षय कोष निर्माण गरिएको विद्यालयले जनाएकाे छ।

ताजा
नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….
२०८३ श्रावण ११ गते, सोमबार
नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….
२०८३ श्रावण ११ गते, सोमबार
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै
२०८३ श्रावण ९ गते, शनिबार
अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म
२०८३ श्रावण ८ गते, शुक्रबार
धुर्कोट ग्रेटवाल निर्माण
२०८३ श्रावण ६ गते, बुधबार
हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण ६ गते, बुधबार
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२०८३ श्रावण ५ गते, मंगलवार
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार





















