अकला नमुना साना किसान कृषि सहकारीको सातौं वार्षिक साधारणसभा

वालिङ, २५ पुस–स्याङ्जाको वालिङमा रहेको अकला नमुना साना किसान कृषि सहकारी संस्थाले सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । वालिङ नगरपालिका ६ नम्वर वडामा रहेको संस्थाले आज सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
२०७५ सालमा स्थापना भएको साना किसान कृषि सहकारीले समूहगत रुपमा विभिन्न स्थान इकाई वार्षिक साधारणसभा गरेको थियो । इकाई वार्षिक साधारणसभा पछि आज प्रतिनिधिमूलक उपस्थितिमा आफ्नो वार्षिक कार्यक्रम सम्पन्न गरेको हो ।


साधारणसभाको उद्घाटन गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय पोखराका प्रवन्धक पदमराज गिरीले साधारणसभामा शेयर सदस्यहरुले आफ्नो सहकारीको संस्थागत गतिविधिका बारेमा सुझबुझ गर्ने दिने भएको बताउनुभयो । शेयर सदस्य भनेका मालिकहरु हुन् र ती मालिकहरुले वार्षिक कार्यक्रममा संस्थागत गतिविधि नीतिगत कार्यक्रमहरुका बारेमा बुझ्ने र नबुझेका कुराका सन्दर्भमा सञ्चालकहरुसँग सुझबुझ गर्ने दिने भएको उहाँको भनाई थियो । सञ्चालक समितिद्वारा प्रस्तुत प्रतिवेदन चनाखो भएर सुन्ने र त्यो प्रतिवेदनमाथि छलफल गर्ने दिन हो । समितिले बनाएको वार्षिक कार्ययोजना के कति भयो र के कति भएन अनि किन हुन सकेन भनेर बुझने अनि आवश्यक सुझाव सल्लाहसमेत दिने दिन भएको उहाँले औंल्याउनुभयो । प्रतिवेदन ठीक भए पारित गर्ने र केही थप्नुपर्ने भए थप्न लगाएर संस्थाको वार्षिक प्रतिवेदन पास गरेर जानुपर्ने महत्वपूर्ण दिन भएको प्रवन्धक गिरीले बताउनुभयो । शेयर सदस्यहरुले खाइ नखाई बचत गरेको रकम सही तरिकाले लगानी भएको छ कि छैन, उचित परिचालन र सुरक्षा के कस्तो छ भनेर वार्षिक साधारणसभामा बुझ्नुपर्ने अर्को महत्वपूर्ण विषय रहेको उहाँले बताउनुभयो ।


कार्यक्रममा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष पुण्य अर्यालले स्थापनाको सात वर्षे कार्यकालमा करिव २ हजार ५ सय शेयर सदस्य रहेको र १२ करोडसम्मको कारोबार गर्न सफल भएको जानकारी गराउनुभयो । यो उपलव्धी कुनै एक व्यक्तिको नभएर शेयर सदस्यहरुको विश्वास, अनुशासन, सञ्चालकहरुको इमान्दारिता र कर्मचारीहरुको मेहेनतको परिणाम भएको अध्यक्ष अर्यालले व्यक्त गर्नुभयो । यसैगरी अबको आर्थिक वर्ष कृषि एम्वुलेन्स सञ्चालन गर्ने, कृषि बजारको स्थापना गर्ने, शेयर सदस्यहरुको आकस्मिक उपचार गर्नुपर्ने स्थितिमा समूह प्रमुखको सिफारिसमा बढिमा १ लाखसम्म उपचार कर्जा उपलव्ध गराउने उद्देश्य रहेको जानकारी गराउनुभयो ।
१ करोड ३६ लाख ३ हजार शेयर पूँजी रहेको संस्थामा ५ करोड ९ लाख १४ हजार ३ सय ९२ कूल निक्षेप रहेको छ । यसैगरी ९ करोड ९९ लाख ९० हजार ३४ लगानी गरेको सहकारीको ४२ लाख १ हजार ९ सय ९३ जगेडा कोष रहेको प्रतिवेदनद्वारा जानकारी दिइएको छ । संस्थाले यस वर्ष रु. १५ लाख २३ हजार ७ सय ७० रुपैयाँ ९४ पैसा खुद मुनाफा भएको लेख परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा संस्थापक शेयर सदस्य, नियमित बचतकर्ता, समूह प्रमुखलगायतलाई सम्मान गरिएको थियो ।

ताजा

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal