वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
वालिङ,९ पुस- वालिङ नगरपालिकाकाे आयाेजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने नाराका साथ बुधबारदेखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता वालिङ खेलमैदानमा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभासदस्य कल्पना तिवारीले जनप्रतिनिधि शासक नभई सेवक भएको बताउनुभयो ।



वालिङ नगरपालिका निर्वतमान उपप्रमुख समेत रहनुभएकी तिवारीले वालिङलाई सुन्दर र सभ्य शहरको रुपमा स्मार्ट सिटीको अवधारणा आफ्नो कार्यकालमा सुरु गरिएको भन्दै यसलाई पूर्णता दिन वर्तमान जनप्रतिनिधिहरु पनि प्रयत्नशिल रहेको बताउनुभयो ।



लामो संर्घष र बलिदानीबाट आएकाे संघिय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली आँफैमा खराब नरहेको भन्दै विधिमाथि कसैले औँला उठाउन नसक्ने बताउनुभयो । विधि र पद्धति चलाउने व्यक्ति खराब भएको खण्डमा नागरिकले उनीहरुलाई बहिस्कार गर्न सक्ने भन्दै वालिङको समग्र विकासमा यहाँका नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि सबै एकजुट हुनुपर्नेमा तिवारीको जोड थियो ।


सिंगो वालिङको विकासका लागि सबै एकजुट हुनुपर्ने भन्दै खेल तथा खेलाडिको विकासका लागि वालिङ नगरपालिका प्रतिवद्ध रहेको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।
वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले नगरपालिका खेल्कुदकाे विकासका लागि लागि परेकाे बताउदै आगामी दिनमा यश क्षेत्रलाई थप प्रभावकारी बनाउदै लगिने बताउनुभयाे।

कार्यक्रममा संस्थागत विद्यालयहरुको तर्फबाट पायोनियर माविका प्रधानाध्यापक मेघराज गैह्रे, सामुदायिक विद्यालयहरुको तर्फबाट सरस्वति माविका प्रअ यामबहादुर कुँवर लगायतले बाेल्नुभएकाे थियाे।

नगरभित्रका २९ विद्यालयका २ हजार भन्दा धेरै विद्यार्थी सहभागी हुने प्रतियोगितामा ८० स्वर्ण, ८० रजत र ८० कास्यको लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो दिन कबड्डी, छात्रछात्रा दौड प्रतियोगिताहरु सम्पन्न भएका छन् ।



ताजा
आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
२०८३ कार्तिक २५ गते, बुधबार
आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
२०८३ कार्तिक २५ गते, बुधबार
तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह
२०८३ कार्तिक २० गते, शुक्रबार
राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद
२०८३ कार्तिक २० गते, शुक्रबार
तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण
२०८३ कार्तिक १९ गते, बिहीबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ६ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ४ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ४ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक २ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ आश्विन ३१ गते, शनिबार





















