पूर्णामृत भवानी माविले ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो
वालिङ, ८ पुस–स्याङ्जाको वालिङ १० फूलबारीमा रहेको पूर्णामृत भवानी माध्यमिक विद्यालयले ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले विविध कार्यक्रमसहित आफ्नो ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रमको समुद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तीर्थराज खनियाले सीपमूलक शिक्षा नै आजको आवश्यकता रहेको बताउनुभयो । विदेशमा रहेका विद्यालयहरुले सीपमूलक शिक्षालाई प्राथामिकतामा राखेर अगाडि बढेको उदाहरण दिँदै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति खनियाँले उचित शिक्षा नीतिका कारण नै नेपालका विद्यार्थीहरु वैदेशिक अध्ययनमा आकर्षित भएको उल्लेख गर्नुभयो । पढाईसंँगै आर्थिक उपार्जन गरी परिवारलाई पैसा पठाउने अन्तर्राष्ट्रिय शिक्षाको पद्दति रहेको बेला नेपालमा भने सैद्धान्तिक विषयमा मात्रै केन्द्रित हुँदा यहाँको शैक्षिक प्रणाली कमजोर हुँदै गएको उहाँले औंल्याउनुभयो ।
यसैगरी मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले देशमै रोजगारको सिर्जना नहुँदा विदेशिनुपर्ने बाध्यता रहेको बताउँनुभयो । शिक्षालाई व्यवहारिक र सीपमूलक बनाउनुपर्नेमा उहाँको जोड छ । स्याङ्जा जिल्लाको हकमा सामुदायिक विद्यालयहरुमध्ये पूर्णामृत माविले प्राविधिक शिक्षालाई प्राथामिकता दिएर अगाडि बढेको र अबको शिक्षामा जीवन जिउने कला र सीपमूलक हुनुपर्ने ढकालको भनाई थियो । कृषिमा पूर्ण संभावना बोकेको नेपालमा कृषि क्षेत्रबाट धेरै रोजगारीको सिर्जना गर्न सकिने र कृषिमा नयाँ आयाम थप्ने उद्देश्यले मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको उहाँले उल्लख गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक लम्सालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयको गत वर्षको ३ करोड ८९ लाख ३३ हजार ३ सय ७ रुपैँया गत वर्षको र ६ करोड ३५ लाख ३२ हजार ८ सय ५४ रुपैँयाको चालु वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
२०१९ सालमा स्थापना भएको विद्यालयमा हाल ८ सय ३५ जना विद्यार्थी अध्यनरत छन् । कक्षा ९ र १० मा बाली विज्ञान विषयको अध्ययन हुने विद्यालयमा स्याङ्जा सहित छिमेकी जिल्ला पर्वतका विद्यार्थीसमेत अध्ययनरत छन् । विद्यालयमा ५० जना विद्यार्थीले आवासीय अध्ययन गरिरहेका छन् । कार्यक्रममा विद्यार्थीहरुले योग, नृत्य, गीत तथा विज्ञान प्रदर्शनी, कराँतेका विभिन्न कलाहरु देखाएका थिए ।

ताजा
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार





















