मौलिक खाना प्रवर्द्धनका लागि सडक महोत्सव

कला राना

वालिङ,१६ मङ्सिर- बुधबारबाट शुरु हुने प्रथम वालिङ सडक खाना महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । भोलीदेखि १९ गते शुक्रबार सम्म सञ्चालन हुने सडक खाना महोत्सवको बारेमा जानकारी दिन आज नगरपालिकाकाे सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियाे। पत्रकार सम्मेलनमा मौलिक खानालाई प्रवर्द्धन गर्दै बजारसम्म ल्याईपु¥याउन आयोजना गरिएको  सडक महोत्सवको नारा “हाम्रो नगरमा हाम्रै खाना स्थानीय वृद्धि हाम्रो चाहाना” भन्ने रहेको  छ ।

स्थानीय खानाको संरक्षण तथा दस्ताबेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचारप्रसार, सडक खाना महोत्सव मार्फत पर्यटन नगरको ब्राण्डिङ, स्थानीय उत्पादनको बजार विस्तार, सामुदायिक एकता सदभाव र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा २५ वटा स्टलहरु रहनेछन् भने महाेत्सव सम्पन्न गर्न रु ६ लाख ५० हजार लाग्ने अनुमान रहेकाे छ।

महोत्सव सम्पन्न गर्न नगरपालिकाले रू ६ लाख रकम विनियोजन गरेको छ । स्टल भाडाबाट ५० हजार आम्दानी गर्दै नगरपालिकाले ६ लाख ५० हजारमा महोत्सव सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

महनेत्सवमा मौलिक खानाको स्वादसंगै जातीय संस्कार र संस्कृति एकै ठाउँमा हेर्न पाईने छ। महोत्सवमा गुरुङ, मगर, नेवार, बाहुन, क्षेत्री लगायतका जातजातीहरुको मौलिक परिकारको प्रर्दशनी तथा बिक्रि, जातीय तथा परम्परागत नृत्य, भेषभूषा, लोक संगीत, जातीय रितीरिवाज तथा जीवनशैली एकै थलोमा हेर्न सकिनेछ । आँधीखोले सभ्यता, स्थानिय इतिहास र समग्र नगरको सांस्कृतिक पहिचानलाई समेटेर आयोजना गरिएको महोत्सवमा स्थानीय चुलोचौकाको स्वाद, पुर्खेउली परिकारदेखि आधुनिक परिकारसम्मको स्वाद लिन पाईनेछ ।

महोत्सवमा स्थानिय कृषिलाई निशुल्क स्टल: महोत्सवमा स्थानीय कृषिलाई निशुल्क स्टलको व्यवस्था गरिएको छ । यहाँका स्थानीय किसानहरुले उत्पादन गरेका फलफूल, तरकारी, बिउविजन तथा कृषि प्रविधि एवं नवीन उद्यमहरुको प्रर्दशनी समेत रहनेछ भने राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुतिदेखि नगरभित्रका प्रतिभा प्रस्फुटन समेत गरिनेछ ।

मौलिक खानाको प्रर्वद्धनसंगै पर्यटन भित्र्याउने अपेक्षा: महोत्सव तयारीका विषयमा आयोजित पत्रकार सम्मेलनमा नगरपालिका प्रमुख कृष्ण खाँणले प्रथम सडक महोत्सव स्थानीय तथा मौलिक खानाको प्रर्वद्धन गर्दै पर्यटन आवागमनको विकासका लागि आयोजना गरिएको बताउनुभयो । काम गर्दै जाँदा प्रशंसा र आलोचना दुवै आउने भन्दै महोत्सव सफल पार्नका लागि यहाँका स्थानीय तथा संचार माध्यमको महत्वपुर्ण हात हुने प्रमुख खाँणले बताउनुभयो ।

महोत्सवले स्थानीय होटलहरुको प्रर्वद्धन गर्दै मौलिक खानालाई बजारसम्म ल्याउन सहयोग गर्ने बताउँदै महोत्सव व्यवस्थापक तथा नगरप्रवक्ता पदमराज गुरुङले स्थानीय कलाकार र स्थानीय परिकार तथा उत्पादनलाई महोत्सवमा विषेश प्राथामिकता दिईएको बताउनुभयो ।

वालिङ खेलमैदानदेखि सुर्कौँदी पुलसम्म विभिन्न खानाका स्टलहरु रहनेछन् भने महोत्सवलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्थादेखि सम्पूर्ण व्यवस्थालाई व्यवस्थित बनाईएको प्रवक्ता गुरुङले बताउनुभयो । महोत्सव दिउँसो १ देखि बेलुका ९ बजेसम्म रहनेछ भने महोत्सव अवधिभर बेलुका वालिङको आकाशमा आतिसबाजीका दृष्यहरुपनि अवलोकन गर्न पाईनेछ ।

ताजा

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal