एमालेद्वारा संविधानको रक्षार्थ स्याङ्जामा शान्तिपूर्ण ¥याली
वालिङ,२५ कात्तिक–नेकपा एमालेद्वारा संविधानको रक्षार्थ स्याङ्जामा ¥याली गरिएको छ । जिल्लाका ११ वटै पालिकामा एमालेले संविधानको रक्षार्थ मोटरसाईकल ¥याली गरेका हुन् । “दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराकतालाई पराजित गरी जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ” भन्ने नाराका साथ जिल्लाका ११ वटै तहमा ¥याली गरिएको हो । पार्टीको देशव्यापि कार्यक्रम अन्तर्गत स्याङ्जाका पालिकाहरुमा पनि एमालेले शान्तिपूर्ण ¥याली निकालेको हो ।
यसैबीच एमाले वालिङले संविधानको रक्षार्थ मोटरसाईकल ¥याली सम्पन्न गरेको छ । वालिङ १० भकुण्डेस्थित पार्टी कार्यालयबाट सुरु भई तल्लो वालिङ, भिआईपि टोल हुँदै मोडमा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा एमालेका जनसंगठन, कार्यकर्ता तथा युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद सदस्य एवम् पूर्व सांसद नारायण मरासिनीले राष्ट्र र राष्ट्रियताको पक्षमा नेकपा एमाले सतिसाल झै उभिने पार्टी भएको बताउनुभयो । नागरिकको बलिदानीले बनाईएको संविधानलाई संकटावस्थामा ल्याईएको भन्दै नेता मरासिनीले संविधानको रक्षार्थ एमालेले स्याङ्जामा ¥याली गरेको औंल्याउनुभयो । संविधानको पुनस्र्थापना गरिनुपर्नेमा जोड दिँदै मुलुकलाई सुशासनतर्फ अगाडि बढाउन एमाले सँधै दृढ रहेको उहाँको भनाई थियो । जेनजिको सकारात्मक र देशको हितमा रहेका एजेण्डाप्रति एमाले सधैं साथमा रहेको मरासिनीले व्यक्त गर्नुभयो । जेनजिको मुखौटामा भारतीय, तिब्बतीयन र अमेरिकन शक्तिहरुले नेपाललाई ध्वस्त पार्ने प्रयास गरिएको उहाँको आरोप छ ।
यसैगरी कोणसभालाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश सल्लाहकार परिषदका अध्यक्ष मोहन रेग्मीले जेनजिहरुको पक्षमा रहेको शुन्य भ्रष्टाचारको पक्षमा काम गरिहँदा बाह्य शक्तिका कारण देशलाई ध्वस्त बनाउने प्रयास गरिएको बताउनुभयो । नेपाली कांगे्रस र एमालेको सरकारलाई हटाएर मुलुकलाई ध्वस्त बनाउने कार्य बाह्य शक्तिका कारण भएको भन्दै वर्तमान सरकार असंवैधानिक भएको उहाँले उल्लेख गर्नुभयो ।

ताजा
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार





















