प्रतिष्ठान स्याङ्जाको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा गौडेल
वालिङ, २३ कात्तिक– राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, स्याङ्जाको नवौं अधिवेशसन एवम् २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । हिजो शनिबार साँझ सम्पन्न अधिवेशनबाट प्रतिष्ठानको जिल्ला अध्यक्षमा जगत गौंडेल सर्वसम्मत चयन हुनु भएको छ । गौंडेल यस अघिको समितिमा प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनबाट अध्यक्ष गौंडेलसहित नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । प्रतिष्ठानको प्रथम उपाध्यक्षमा राजेश भण्डारी, द्वितीय उपाध्यक्ष–अनिल लम्साल, महिला उपाध्यक्ष–तारा पौडेल श्रेष्ठ, सचिव रेशम थापा, सहसचिव–पाल बहादुर सिंङ (लक्ष्मण ठकुरी), कोषाध्यक्ष–रविना गुरुङ र सह–कोषाध्यक्ष सम बस्याल रहेका छन् । यसैगरी जीवन थापा, कृष्ण मल्ल ठकुरी, सगुन थापा, थमबहादुर नेपाली, विक्रम सम्वत, एलिना गुरुङ, शुशिल पोख्रेल, भोजकुमारी पाण्डे, सवाष गुरुङ, यज्ञ प्रसाद डुम्रे, बत्ती थापा, लिल बहादुर थापा र ज्ञानीमायाँ गुरुङ (शिला) गरी २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । नवनिर्वाचित कार्य समितिको प्रथम वैठकले प्रतीक्षा काफ्ले, मञ्जु खनाल र सुरेश विक गरी ३ जना मनोनितसहित २४ सदस्यीय समिति निर्माण गरेको छ भने पछि १ जना सदस्य पुनः मनोनित गर्नेगरी २५ सदस्यीय कार्यसमिति बनाइने नवनिर्वाचित अध्यक्ष गौंडेलले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख आमन्त्रितमा प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा रहनुभएको थियो । कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष शर्माले हाम्रा अग्रजहरुले देखाएको बाटो पछ्याउँने क्रममा आज धेरैजना कलाकर्मीले आफ्नो व्यक्तित्व विकास गर्न सफल भएको बताउनुभयो । कलाकारितालाई मुख्य आधार बनाएर लागेका धेरै कलाकर्मीहरु आफ्नो शान मान र इज्जतकासाथ स्थापित हुन सफल भएका शर्माको भनाई थियो । त्यसैले अग्रजलाई सम्मान र नवप्रतिभालाई प्रोत्साहन भन्ने संस्थाको नारालाई आत्मसाथ गर्दै हाम्रो मौलिक कला र संस्कृतिको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनमा हामी सबै लाग्नुपर्ने शर्माले उल्लेख गर्नुभयो ।
नवनिर्वाचित समितिका अध्यक्ष गौंडेललाई सपथ ग्रहण गराउँदै प्रतिष्ठानका केन्द्रीय प्रथम उपाध्यक्ष रामजी खाँणले स्थापनाकालदेखि सर्वसम्मतरुपमा कार्यसमिति चयन हुँदै आएको जिल्लाको इतिहासलाई निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । प्रतिष्ठानको गण्डकी प्रदेश संयोजकसमेत रहनुभएका खाँणले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै अग्रजलाई सम्मान र नव प्रतिभालाई प्रोत्साहन भन्ने मूल नारालाई आत्मसाथ गर्दै चुस्त र दुरुस्तरुपमा कार्य सम्पादनसहित अगाडि बढ्न आग्रह गर्नुभयो ।
अधिवेशनका अवसरमा निवर्तमान बनेको नेत्र खड्काको अध्यक्षतामा रहेको जिल्ला कार्य समितिले संथापक अध्यक्ष गोपाल जिटीसहित पूर्व अध्यक्षहरु अर्जुन गैह्रे, नेत्रप्रसाद पाण्डे र ऋषि डुम्रेलाई सम्मानपत्रले सम्मान गरेको थियो । यसैगरी नव प्रतिभामा बाल नृत्याङ्गनाहरु आयुषा खत्री, निष्मा खनाल, वर्षा गुरुङ र रियाना सुवेदी गरी ४ जना बाल कलाकारलाई प्रशंसापत्रले सम्मान गरेको छ ।
ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















