जेनजीको प्रदर्शन उग्र बनेपछि सेना परिचालन
काठमाडौँ,२३भदौ- काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा ‘जेनजी’ को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ।
आज बिहानदेखि माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा उत्रिएको थियो। नेपाल प्रहरीले सुरक्षा नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्यास र हवाई फायर गर्नुपरेको थियो।
प्रदर्शनकारी अराजक भई संसद् भवन प्रवेश गर्ने प्रयास गरेपछि स्थानीय सुरक्षा समितिको आग्रहअनुसार नेपाली सेनाको एक टुकडी कर्फ्यू आदेश जारी गरेको क्षेत्रमा सुरक्षाका लागि परिचालन गरिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो।
प्रदर्शनका क्रममा एक प्रहरी नायब उपरीक्षक, एक प्रहरी निरीक्षकलगायत ३० भन्दा बढी प्रहरी र दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्। सुरक्षाका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ। रासस/गाेप
ताजा
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार





















