स्वरोजगारी सिर्जनामा अगाडि बढ्दै वालिङ नगरपालिका

गोपाल जिटी
वालिङ,२३ भदौ–उद्यमशीलतासँगै स्वरोजगारी आजको आवश्यकता हो, चाहे त्यो कृषिमा होस, चाहे उत्पादनसँग सम्बन्धित र प्रविधिका क्षेत्रमा नै किन नहोस् । समय यसै खेर फाल्ने होइन, कुनै न कुनै काममा जोडिएर समयलाई आम्दानीमा परिणत गर्नुपर्छ र मात्र हामी आत्मनिर्भर बन्न सक्छौं । यसका लागि आवश्यक तालिम तथा सीप सिकाई जरुरी हुन्छ । यही मान्यताले स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीयस्तरमै स्वरोजगारी सिर्जनाका लागि विभिन्न तालिमहरुमा सहभागी गराएर नागरिकहरुलाई प्रेरित गर्दै आएको छ । यसै शिलशिलामा ८ नम्वर वडाको एक समूहले तालिमको सिकाईलाई उपयोग गरेर उत्पादनसँगै स्वरोजगारीमा अगाडि बढेको छ ।
सरसफाई हामी सबैका लागि अति आवश्यक कुरा हो । यही सरसफाईसँग सम्बन्धित उत्पादनमा लाग्न र स्वरोजगारी बन्न नगरपालिकाले नागरिकहरुलाई प्राथमिकता दिएर तालिम सञ्चालनमा ल्याएको थियो । यसरी सीपमूलक तालिमसहित नागरिकहरुलाई उत्पादनमा लाग्न प्रेरित गर्दै स्वरोजगारीमा जोड्ने कार्यमा नगरपालिका अगाडि बढेको हो । गत असार ६ देखि १२ गतेसम्म ८ नम्वर वडाका २९ जनालाई सरसफाईसँग सम्बन्धित तालिम प्रदान गरिएको थियो । तालिममा घरदेखि कार्यालयसम्म प्रयोगमा आउने हर्पिक, डिसवास, हेण्डवास, शिशा क्लिनर, सेतो कालो फिनेललगायतका सामान बनाउने सिकाई प्रदान गरिएको थियो । अहिले त्यही तालिमको सिकाई बमोजिमका सामान उत्पादन गर्ने काममा २९ जनाको समूह लागि परेको हो ।
समूहले “हाम्रो साझा होमकेयर”का नाममा सामान उत्पादन गरेर बजारीकरणमा अगाडि बढिसकेको छ । अधिकांश महिलाहरुको सहभागिता रहेको समूहमा सहभागी सबैजना विशेष रुचिकासाथ लागेका छन् ।
यहाँ उत्पादन भएका सामान स्थानीय बजारमा विक्रि वितरणको थालनी गरिसकिएको समूहका अध्यक्ष प्रेमनारायण बगालेले जानकारी गराउनुभयो । उत्पादित सामानको गुणस्तर राम्रो र मूल्य पनि सस्तो भएकाले उपभोक्ताले सहजै प्रयोग गर्न थालेका उहाँको भनाई छ । अध्यक्ष बगालेका अनुसार बजारमा उपलव्ध सामान भन्दा आफूहरुले उत्पादन गरेको सामान गुणस्तरीय रहेकाले उपभोक्ताहरुले पुनः माग गर्न थालेका छन् । नगरपालिकाको साझेदारीमा “हाम्रो साझा होमकेयर” को सञ्चालनमा ल्याइएको हो । जम्मा ३ लाख ५० हजारको लगानीमा सुरु गरिएको उत्पादनले समूहका सबैजनालाई स्वरोजगारी प्रदान गरेको छ । यही भदौ १ गतेदेखि घर भाडा लिएर बजारीकरणमा समूह अगाडि बढिसकेको छ । अहिले कच्चा पदार्थ घुलाउने सानो खालको मिक्स्चरले काम चलाईको छ भने अब अलि ठूलो मिक्स्चरको व्यवस्था हुनसके उत्पादनमा वृद्धि ल्याउन सकिने समूहले जनाएको छ ।
यसैबीच तालिम लिएपछि उत्पादनमा लागेको समूहको प्रगति कस्तो छ भनी अनुगमन र सहभागीहरुको भावना बुझ्दै नगर उप प्रमुख प्रमुख कविता तिवारी गैह्रेले उनीहरुको सक्रियताप्रति खुसी व्यक्त गर्दै नगरपालिका सधैं साथमा रहने विश्वास व्यक्त गर्नुभयो । साथै बजारीकरणका लागि पनि नगरपालिकाको सहयोग रहने उहाँको भनाई छ । यसैगरी थप व्यवस्थापनसहित आवश्यक उपकरणको लागि पनि नगरपालिकाले सहयोग गर्ने जानकारी गराउँदै उहाँले ढुक्कसँग अगाडि बढ्न आग्रह गर्नुभयो ।
तालिमको सिकाई प्रयोगमा ल्याएर स्वरोजगार बन्न मदत पुगेकोमा सहभागीहरुले खुसी व्यक्त गरेका छन् । काम गर्दै र उत्पादन भएका सामान विक्रि हुँदैजाँदा आफूहरुलाई उत्साही बनाएको उनीहरुको भनाई छ । प्राप्त आम्दानीलाई लगानीमा परिणत गर्दै लैजाने र उत्पादनमा वृद्धि गर्दैजाने उनीहरुको योजना छ । “हाम्रो साझा होमकेयर” का उत्पादनको विक्रि वितरणमा समूहमा सहभागी भन्दा बाहिरकालाई पनि स्वरोजगारी प्रदान गर्न सकिने समूहले जनाएको छ ।

ताजा

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal