फेसबुकसहितका सामाजिक सञ्जाल सूचीकृतका लागि अहिलेसम्म सम्पर्कमा आएनन्

काठमाडौ,१८ भदौ–सरकारले सूचना जारी गरेर सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको समयसीमा अन्तर्गत आज अन्तिम दिन हो । सरकारले यही भदौ १२ गते सार्वजनिक सूचना निकालेर अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य सूचीकरणका लागि भन्दै सात दिने सूचना निकालेको थियो ।
सूचना अनुसार आज राति १२ बजेअघि सूचीकरणका लागि सम्पर्कमा आइसक्नुपर्छ । तर आज दिउँसो पौने ५ बजेसम्म कुनै पनि सामाजिक सञ्जाल सम्पर्कमा नआएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले निर्णय गरेर सामाजिक सञ्जाल सूचीकृत नभएमा बन्द गरिदिने चेतावनी दिएको हो । सामाजिक सञ्जालले आज राति १२ बजेसम्म एउटा मेल मात्रै गरेमा पनि कारबाही प्रक्रिया अघि नबढाउने तर कुनै सम्पर्क नगरेमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा जाने प्रवक्ता ठाकुरले बताउनुभयो ।
सरकारले यसअघि टिकटकमाथि प्रतिबन्ध लगाएकोमा नेपालमा सूचीकृत हुन आएसँगै पुनः सञ्चालनमा आएको छ । केही समयअघि सरकारले टेलिग्रामलाई नेपालमा निष्क्रिय गरेको छ । अहिले विशेषगरी मेटा कम्पनीका फेसबुकलगायतका सञ्जाल र ट्विटर भनिने ’एक्स’ लाई लिएर धेरैले चासो राखेका छन् ।
सरकारले समयसीमा दिएपछि मेटा कम्पनीले सरकारसँग सम्पर्क गरेको छैन तर यही बीचमा कन्टेन्ट मनिटाइजेसन कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले यो सेवा आधिकारिक रूपमा नेपालमा शुरू भएको जानकारी दिन थालेको हो ।
सरकारले बन्द गर्ने धम्की दिइरहेका बेला प्रयोगकर्तालाई पैसा कमाउन सकिने सुविधा दिएर सरकारप्रति उल्टो दबाव सिर्जना गरेको आईटी विज्ञहरू बताउँछन् ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal