वालिङ साना किसान कृषि सहकारीकाे साधारणसभा सम्पन्न
वालिङ,६ भदाै- वालिङ साना किसान कृषि सहकारी संस्थाकाे सातौं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । अधिकाशं सहकारीहरुले कात्तिक लागेपछि मात्रै वार्षिक साधारणसभा गर्दै आएकाेमा छन् वालिङमा रहेकाे साना किसान कृषि सहकारीले वार्षिक साधारणसभा भदौं पहिलो सातामै सम्पन्न गरेको छ । हरेक संस्थाको वार्षिक साधारणसभाले संस्थागत गतिविधिलाई चुस्त दुरुस्त र सबल बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सोही अनुरुप वालिङ साना किसान कृषि सहकारीले समयमै वार्षिक साधारणसभा सम्पन्न गरेर सदस्यहरुको भावना अनुरुप अझ सबल र सक्षम बन्ने प्रयास गरेको छ ।
साधारणसभामा बाेल्दै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले एक व्यक्ति एक सहकारीको नीति अनुसार चल्न सकेमा संस्था सबल र सक्षम बन्ने बताउनुभयो । आँफू पनि सहकारीकै क्षेत्रबाट नेतृत्व गर्दै नगरपालिकाको उपप्रमुख हुने अवसर प्राप्त गरेको बताउनुभयाे।
कार्यक्रममा संस्थाका अध्यक्ष सीता पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष पाण्डेले कूल १ हजार ३ सय १६ जना शेयर सदस्य रहेको संस्थामा १ सय ४९ समूह रहेको जानकारी दिनुभयाे । उहाँले शेयर सदस्यहरुको सल्लाह र सुझाव अनुसार सातौं वार्षिक साधारणसभाको आयोजना गरिएको बताउनुभयाे।
अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन अनुसार रु.६४ लाख ५ हजार शेयर पूँजी रहेको सहकारीको रु.२ करोड १६ लाख ६८ हजार ९ सय ८७ निक्षेप रहेको छ । निक्षेपको आधारमा २९ प्रतिशत तरलता रहेको छ ।
रु.१ लाख ४३ हजार शेयर लगानी गरेको र रु.२ करोड २३ लाख ९४ हजार २ सय ४ कर्जा लिएको हिसाव रहेको छ । साधारण जगेडा कोषमा रु.२६ लाख ६९ हजार १ सय ६९ रहेको र अन्य कोषहरुमा रु.३४ लाख २२ हजार २ सय १६ रहेको अध्यक्ष पाण्डेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैगरी रु.३ करोड १३ लाख ६० हजार ७ सय ९० लगानी गरेको सहकारीले रु. ३ करोड १४ लाख २७ हजार २ सय ७ कर्जा अशुली गरेको छ । रु. ६२ लाख ९५ हजार ८ सय ९४ कूल आम्दानी गरेको सहकारीले कूल खर्च रु.६१ लख ७७ हजार ६३ रुपैयाँ हुँदा रु.१ लाख १८ हजार ८ सय ३४ खुद मुनाफा गरेको छ ।
कार्यक्षेत्रका शतप्रतिशत घरधुरीलाई सदस्य विस्तार गर्ने, गैर सदस्यको पहिचान गरी सदस्य बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने, अशुली दरलाई शतप्रतिशत बनाउन योजनावद्ध तरिकाबाट लाग्ने, पशुबीमा सञ्चालन गर्ने र उत्कृष्ट किसान तथा फर्महरुलाई सम्मान गर्नेलगायतका भावी कार्यक्रमहरु रहेकाे संस्थाले जनाएकाे छ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















