अकला नमूना साना किसान सहकारीद्वारा शेयर सदस्य भेटघाट कार्यक्रम

वालिङ,२ भदौ–वालिङमा साना किसान कृषि सहकारीले शेयर सदस्य भेटघाट कार्यक्रम गरेको छ । वालिङ नगरपालिका ८ मा रहेको अकला नमूना साना किसान कृषि सहकारी संस्थाले महिलाहरुको पर्व तीजको अवसरमा शेयर सदस्य भेटघाट तथा दरखाने कार्यक्रम आज सोमबार गरेको हो ।
सदस्य भेटघाट तथा दरखाने कार्यक्रममा संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीको शक्ति भनेको शेयर सदस्य रहेको बताउनुभयो । शेयर सदस्यहरुको लगानी र निर्णय नै सर्वोपरी हुने भएकाले सहकारी संस्था सदस्यहरुको शक्ति भएको अध्यक्ष अर्यालको भनाई थियो ।
उहाँले भन्नुभयो,“संस्थाले आयोजना गरेका कार्यक्रममा आउने र संस्थागत हितका लागि आ—आफ्ना कुराहरु खुलस्तरुपमा राख्नेगर्नुपर्छ । आँफूलाई लागेका कुरा राख्ने र के गर्दा राम्रो हुन्छ भन्ने सुझाव दिने गर्नुपर्छ । सञ्चालक समितिले पनि सोही अनुसार काम गर्दैजाने गर्दछ ।” केही सहकारीहरुका आर्थिक अनियमिताका कारण समस्या देखिएको साँचो हो, तर सबै सहकारीहरु त्यस्तो नरहेको अध्यक्ष अर्यालले बताउनुभयो ।

अकला नमूना साना किसान कृषि सहकारी आफ्नो मूल्य र मान्यता अनुसार सञ्चालनमा रहेकाले कुनै समस्या नरहेको उहाँको भनाई थियो । संस्थामा अधिकांश शेयर सदस्य महिलाहरु रहेकाले नजिकिदै गरेको नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा उहाँहरुको सम्मान स्वरुप दरखाने कार्यक्रम गरिएको हो ।
सहकारीमा सदस्य संख्या झण्डै २५ सयजना पुगिसकेकाले अबका वार्षिक साधारसभा प्रतिनिधीमूलकरुपमा गरिनेसमेत अध्यक्ष अर्यालले जानकारी गराउनुभयो ।
कार्यक्रममा उपस्थित शेयर सदस्यहरुले सहकारी सम्बन्धी विषय समेटेर तीजका भाकामा गीति प्रस्तुतिहरु राखेका थिए । तीजका चर्चित गीतहरुमा गरिएका नृत्य र राष्ट्रिय कलाकार घनश्याम रिजालको प्रस्तुतिले कार्यक्रमलाई निकै रमाइलो गराएको थियो ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal