फूलबारी सहकारी द्वारा सहकारीकाे मापदण्ड संबन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
वालिङ,६ भदाै- वालिङ नगरपालिका १० भकुण्डेमा रहेकाे फूलबारी बचत थता ऋण सहकारी संस्थाले सहकारीकाे मापदण्ड संबन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ।
फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संशाेधित सहकारी ऐन २०७४ र राष्ट्रिय सहकारी नियमन प्राधिकरण द्वारा जारी गरिएकाे मापदण्डका बारेमा राष्ट्रिय सहकारी कार्यालय वालिङका प्रमुख राेशन पाैडेलले सहजिकरण गर्नुभएकाे थियाे। सहकारीकाे वर्तमान अवस्था र नयाँ ब्यवस्थाका बारेमा संचालक समितिका पदाधिकारी एवं कर्मचारीहरुलाई कार्य सम्पादन गर्दा ध्यान पुर्याउनुपर्ने विषय वस्तुका बारेमा जानकारी गराउनुभएकाे थियाे।
सहकारी शेयर सदस्यहरुमा आधारित संस्था भएकाेले साेहि भावना र मर्मलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा पाैडेलले जाेड दिनुभएकाे थियाे।
ऋण असुलि न्यायधिकरणकाे ब्यवस्थाले सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई बैधानिक तवरबाट समाधान गर्न सकिने भएकाेले संचालकहरुले सहकारीकाे नियम अनुसार कार्य गर्दा समस्या समाधान हुने समेत बताउनुभयाे।

कार्यक्रममा सहकारीका अध्यक्ष शाेभाकान्त पाैडेलले फूलबारी सहकारीलाई नमुना सहकारीका रुपमा अगाडि बढाउन आफुहरु लागि परेकाे बताउदै सबै शेयर सदस्यरुलाई आ-आफ्नाे ठाउँबाट लाग्न समेत आग्रह गर्नुभयाे।
वालिङ १० भकुण्डेमा रहेकाे सहकारी संस्थाले यश क्षेत्रमा स्थापित संस्थाकाे पहिचान बनाउन सफल भएकाे छ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















