वालिङमा आँखा स्वास्थ्य शिविर ३२ जनामा मोतियाविन्दु, निःशुल्क शल्यक्रिया
वालिङ,२ भदौ–वालिङ नगरपालिकाको आयोजना र हिमालयन आँखा अस्पताल, पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरिएको आँखा स्वास्थ्य शिविरमा उल्लेख्य संख्यामा नागरिकले सेवा लिएका छन् ।

वालिङ नगरपालिका ७ केवरेभञ्ज्याङ स्वास्थ्य चौकी र ११ नम्बर वडामा रहेको कालिका आधारभूत विद्यालयमा सञ्चालन गरिएको शिविरमा २६१ जनाले आँखा जाँच गराएका थिए । परीक्षणमा ३२ जनामा मोतियाविन्दु पत्ता लागेको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनुभयो ।
पाण्डेका अनुसार शल्यक्रिया आवश्यक ठहरिएका बिरामीहरूको भदौ ४, ५ र ६ गते गह्रौ प्राथमिक अस्पताल वालिङमा निःशुल्क शल्यक्रिया गरिनेछ ।
यसरी गाउँ–गाउँमै पुगेर शिविर सञ्चालन गर्नु स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने महत्त्वपूर्ण अभ्यास रहेको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । नगरप्रमुख खाँण भन्नुहुन्छ ,“मोतियाविन्दु जस्ता रोगहरू समयमै उपचार नगरे अन्धोपनको कारण बन्न सक्छन् । तर धेरै नागरिकले सुरुमा गम्भीरतापूर्वक लिँदैनन् । यसरी शिविरमार्फत प्रारम्भिक अवस्था पत्ता लाग्दा उपचार सजिलो हुन्छ । हामीले नियमित रूपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौं ।”
नेपालमा आँखा सम्बन्धी रोगहरू, विशेषगरी मोतियाविन्दु, बृद्ध उमेरसँगै धेरै देखिने समस्या हो । तर ग्रामीण भेगका नागरिकले उपचारमा ढिलाइ गर्ने, खर्चको अभाव वा अस्पताल पुग्न कठिनाइका कारण समस्या जटिल हुने गरेको कारण यो अभियानलाई निरन्तरता दिइएको नगरउपप्रमुख कविता तिवारीको भनाई छ । यस्ता अवस्थामा स्थानीय तहकै सक्रियतामा सञ्चालन हुने निःशुल्क शिविरले स्वास्थ्य अधिकारलाई व्यवहारमा उतार्ने महत्वपूर्ण भूमिका खेल्ने तिवारी बताउनुहुन्छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले यस कार्यक्रमलाई स्वास्थ्यप्रति नगरपालिकाको प्राथमिकताको प्रमाणका रूपमा लिएको बताउनुभयो । “नगरपालिकाले बजेट र स्रोतको व्यवस्थापन गर्दै नागरिकलाई नजिकमै स्वास्थ्य सेवा पु¥याउने लक्ष्य लिएको छ । आँखा स्वास्थ्य शिविर त्यसैको उदाहरण हो । यो केवल एकपटकको कार्यक्रम होइन, भविष्यमा पनि निरन्तर गरिनेछ,”सुवेदीको भनाई छ ।
वालिङ नगरपालिकाले गत वर्ष १५२ जनाको निशुल्क शल्यक्रिया गरेको थियो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















