ब्युटिसियनकाे सीप विकास तालिम सम्पन्न
वालिङ,१२ असार- वालिङमा ब्युटिसियनको सीप विकासका लागि नेल आर्ट सम्बन्धी १० दिने तालिम सम्पन्न भएको छ । ब्युटिपार्लर एशोसियसन स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिकाको सहयोगमा मंगलबारदेखि सुरु भएकाे तालिम आज समापन गरिएकोे हो ।
तालिमको समापन गर्दै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले महिलाहरुलाई उद्यमशीलतर्फ अभिप्रेरित गर्न यस्ता तालिमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
ब्युटिसियन पेशा पनि एक मर्यादित पेशा भएकाेले यसबाट धेरै दिदीबहीनीहरुले राम्रो आयआर्जन गरेको बताउनुभयो । कार्यक्रममा वडा नं. ८ का अध्यक्ष दामोदर तिवारी, कार्यपालिका सदस्य युगमाया तिवारी, ब्युटिपार्लर एशोसियसन गण्डकी प्रदेश सदस्य तथा निर्वतमान जिल्ला अध्यक्ष पुष्पा अर्याल, ब्युटिपार्लर एशोसियन स्याङ्जाका संस्थापक अध्यक्ष दुर्गा थापा, वालिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगानातिवारी, प्रशिक्षक संगिता गुरुङ, प्रशिक्षार्थी मन्जु भण्डारीलगायतले बोल्नुभएको थियो ।
समग्र ब्युटिसियनहरुको दक्षता तथा क्षमता विकास गरी थप व्यवसायिक रुपमा अगाडि बढाउन संस्थाले आगामि दिनमा थप कार्यक्रमको आयोजना गर्दै जाने ब्युटिपार्लर एशोसियसनका अध्यक्ष पमिला गुरुङले बताउनुभयो ।
ताजा
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार





















