पोखरा जोमसोम हवाई सेवा बन्द हुने
मधु पन्थी,
पोखरा,१३ असार- मनसुन सुरू भएसँगै पोखरा देखि मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको संख्यामा कमी आएकाे र मौसम पनि प्रतिकुल भएकाले दुई निजी वायुसेवा कम्पनीले पोखरा जोमसोम हवाई उडान सेवा दुई महिनाका लागि बन्द गर्ने भएका छन् ।
पोखरा-जोमसोम रूटमा नियमित उडान भर्दै आइरहेको समिट एयरलायन्सको जहाजले आगामी २०८२ असार २१ अर्थात जुलाई ५ देखि दुई महिनाका लागि पोखरा-जोमसोम हवाई उडान सेवा बन्द हुने पोखरामा स्थित समिट एयरलायन्सका स्टेशन प्रमुख पोषणमणि त्रिपाठीले जानकारी दिनुभयाे। अहिले यस रूटमा हवाई उडान दैनिक एउटा मात्रै रहेको, हवाई यात्रु संख्या घट्दै गएको त्रिपाठीको भनाइ रहेको छ । उहाँले सेप्टेम्बरको पहिलो सातादेखि उडान सेवा पुन सञ्चालन आउने जानकारी दिनु भयो ।
यस रूटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलायन्सको जहाजले २०८२ असार २ गतेदेखि दुई महिनाका लागि उडान सेवा बन्द गरेको कम्पनीका पोखरा स्टेशन प्रमुख रविन्द्र शाहीले बताउनु भयो ।
मनसुन सुरू भएपछि हवाईमार्ग मात्रै नभइ सडकमार्गबाट पोखरा-जोमसोम आउने जाने यात्रु घटेको पर्यटन व्यवसायी भुवन पाण्डेले बताउनु भयो ।

ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















