लागू औषध न्यूनीकरणमा समुदायको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे
मधु पन्थी
पोखरा,१२ असार- जिल्ला प्रशासन कार्यालय, कास्की र जिल्ला प्रहरी कार्यालय, कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ७ को सहकार्यमा स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धताः लागु औषध दुरूपयोग विरूद्धको ऐक्यवद्धता” भन्ने नाराका साथ लागु औषध दुरूपयोग एवं ओसारपसार विरूद्ध अन्तराष्ट्रिय दिवस-२०८२ सप्ताहव्यापी कार्यक्रम आज सम्पन्न भएकाे छ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ सचेतना अभियानलाई स्थानीय स्तरमा व्यापक रूपमा परिचालन गरी तीनै तहको सरकारको समन्वय एवं साझेदारीमा लागू औषध सम्बन्धि अन्तरक्रिया, छलफल, यसले पार्ने प्रभावका बारेमा निरन्तर कार्यक्रम बहस तथा पैरवी गर्नु पर्नेमा जोड दिनु भयो ।

सरकारको सहयोगमा एकीकृत अभियानबाट लागू औषध न्यूनीकरणमा औषधी ब्यवसायी, स्थानीय समुदायको महत्त्वपूर्ण भूमिका एवं आमनागरिकको दायित्व रहेको बताउनु भयो । तथ्यांकअनुसार १५ बर्ष उमेर माथीका किशोर किशोरी लागू औषधबाट प्रभावित भएको मुख्यमन्त्री पाण्डेकाे भनाइ रहेकाे छ।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कास्की जिल्लामा लागू औषध प्रयोगकर्ताहरूको संख्या अत्याधिक मात्रमा रहेको उल्लेख्य गर्नु भयो । शर्माका अनुसार कास्की जिल्ला लागू औषधको ५ औँ स्थानमा रहेकाले यसलाई शून्यमा ल्याउन हामी सबैको पहलकदमी र सामुहिक प्रयासबाट सम्भव रहेको बताउनु भयो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















