आँधीखाेला गाउँपालिकामा गाउँ-गाउँमा कालोपत्रे

वालिङ,१० असार- आँधीखोला गाउँपालिकाकाेु १७ औँ गाउँसभाले गाउँ गाउँमा कालोपत्रे सडक पुर्याउने नीति लिएको छ । गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले वडा कार्यालयमा कालोपत्रे पुगेको बताउँदै अब हरेक गाउँ टोलका कच्चिसडकहरु कालोपत्रे गर्ने नीति तथा कार्यक्रममा प्रस्तुत गर्ने क्रममा बताउनुभयाे।

आर्थिक विकासका लागि कृषि क्षेत्रमा प्राथमिकता दिदै कृषकको जीवनस्तरलाई माथि उठाउन कृषिजन्य उत्पादनकाे वृद्धिका साथै विविधीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण एवं बजारीकरणका कार्यक्रमलाई जोड दिने नीति लिइएकाे बताउनुभएको छ ।  त्यसैगरी पर्यटन तर्फ अन्धाअन्धी र श्रवणकुमार क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्धनलाई टेवा पुर्याउन धार्मिक पर्यटनका माध्यममार्फत आँधीखोलाको पहिचान अन्तर्राष्ट्रिय जगत्मा स्थापित गर्न पहल गरिने नीतिमा उल्लेख छ । शैक्षिक क्षेत्र सुधार एवं प्राेत्साहानकाे लागि महिनाको अन्तिम शुक्रबार विद्यार्थीको व्यावहारिक सीप र क्षमता विकासका क्रियाकलाप सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal