कालीगण्डकीमा सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा

स्याङ्जा,१० असार- कालीगण्डकी गाउँपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षबाट पालिकाका हरेक नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमा गर्ने नीति लिएकोमा आव २०८२/८३ को १७ औँ अधिवेशनको नीति तथा कार्यक्रममा समेत गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले निरन्तरता दिनुभएको हो । 

घर घरमा स्वास्थ्य परीक्षण, विद्यार्थीको निःशुल्क परीक्षण, गर्भवतीलाई अस्पतालसम्म आउन निःशुल्क एम्बुलेन्स सेवालगायतका नीति पालिकाले लिएको छ । सरकारी तलबभत्ता लिने सबैका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने नीतिलाई कडाइ गरेको छ । टोल टोलमा खेल मैदान निर्माण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई मासिक भत्ताको व्यवस्था यहाँ गरिने छ । मगर भाषालाई गाउँपालिकाको दोस्रो कामकाजी भाषाका रूपमा विकास गरिने भएको छ । 

बाँझो जमिन राख्ने कार्यलाई निरुत्साहित गर्न भूमि बैङ्कको स्थापना गरी सोमार्फत रोजगारी सिर्जना गर्ने नीतिलाई थप व्यवस्थित बनाइने, बाँझो जमिन राख्दा जरिबाना तिर्नुपर्ने, कृषक वर्गीकरण गरी कृषक पेन्सन कार्यक्रम लागु गरिने र सूक्ष्म जैविक मलको कार्यक्रम सबै वडामा सुरुवात गरिने नीतिमा उल्लेख छ ।

गाउँ गाउँमा कालोपत्रे

आँधीखोला गाउँपालिको १७ औँ अधिवेशनले गाउँ गाउँमा कालोपत्रे सडक पु¥याउने नीति लिएको छ । गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले वडाको केन्द्रमा कालोपत्रे पुगेको बताउँदै अब हरेक टोलमा कालोपत्रे लगिने नीति तथा कार्यक्रममा बताउनुभएको हो ।  

आर्थिक विकासका लागि कृषि क्षेत्रमा प्राथमिकता रहने छ भने कृषकको जीवनस्तरलाई समुन्नत बनाउन कृषिजन्य उत्पादन, उत्पादकत्व वृद्धि, विविधीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण एवं बजारीकरणका कार्यक्रमलाई जोड दिइएको छ ।  त्यस्तै पर्यटनमार्फत पालिका प्रवर्धनका लागि अन्धाअन्धी र श्रवणकुमार क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्धनलाई टेवा पु¥याउन धार्मिक पर्यटनका माध्यममार्फत आँधीखोलाको पहिचान अन्तर्राष्ट्रिय जगत्मा स्थापित गर्न पहल गरिने नीतिमा उल्लेख छ । महिनाको अन्तिम शुक्रबार विद्यार्थीको व्यावहारिक सिप र क्षमता विकासका क्रियाकलाप सञ्चालन गरिने छ ।

पूर्वाधार तथा कृषिमा प्राथमिकता

बिरुवा गाउँपालिकाको १७ औँ अधिवेशनमा पूर्वाधार तथा कृषिलाई पहिलो प्राथमिकतामा राखिएको छ । 

गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले पूर्वाधार विकासमा स्थानीय सडक तथा झोलुङ्गे पुल निर्माण र भवन तथा सहरी विकास, ऊर्जा, सञ्चारलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिनुभएको हो । उद्योग तथा पर्यटन, कृषि तथा पशुपन्छी, सहकारी, गरिबी निवारण तथा रोजगारीका क्षेत्र नीति तथा कार्यक्रममा समेटिएको छ भने शिक्षा, संस्कृति, युवा तथा खेलकुद लैङ्गिक समानता र सामाजिक समावेशीकरण, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक सम्मानलगायत समावेश गरिएको छ ।

शिक्षा क्षेत्रलाई प्राथमिकता 

पुतलीबजारले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । नगरप्रमुख तुलसीराम रेग्मीले नगरपालिकाको पाँचबर्से शैक्षिक रणनीतिसहित नगर शिक्षा योजना तयार गर्ने, विद्यार्थीमा पठन तथा लेखनशैली विकास गर्न शिक्षण सिकाइमा सुधारका लागि ‘रियल प्लान’ तथा आवधिक परीक्षामा जोड दिनुभएको छ । आवश्यकताका आधारमा लोक सेवा/शिक्षक सेवा आयोग तयारी कक्षा, कम्प्युटरलगायत ज्ञान सिपको विकास, करियर काउन्सिलिङ तथा सूचना प्रविधिसम्बन्धी आधारभूत तालिम सञ्चालन गर्ने नीति रहेको छ । नगरभित्रका लक्षितवर्ग कुमाल, बोटे, माझी, गन्धर्व र नगरपालिकाबाट ‘ग’ वर्गको अपाङ्गताको परिचयपत्र भएका नगरवासी, बादी, महिला स्वयंसेविका, सरसफाइकर्मीको निःशुल्क स्वास्थ्य बिमा गर्ने नीति अगाडि सारेको छ ।

पूर्वाधारमा प्राथमिकता

भिरकोट नगरपालिकाले आव २०८२/८३ को नीति तथा कार्यक्रममा पूर्वाधारलाई प्रथामिकतामा राखेको छ । नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले रणनीतिक महत्वका मुख्य सडक बयरघारी–सुन्दर बजार–मोहनडाँडा– हातेमालो चोक सडक र बयरघारी–बिरुवा सडकको स्तरोन्नतिलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिनुभएको हो । सबै वडाका ग्रामीण सडकलाई स्तरोन्नति र सरसफाइ गरी बाह्रै महिना सवारी  चल्ने बनाउने लक्ष्य नीति तथा कार्यक्रममा लिइएको छ । 

आँधीखोला तटबन्धन, कृषि औजार र सिँचाइमा ५० प्रतिशत अनुदान,  भिरकोट पार्क, गडहरे गुफा, सुन्दरचौर, स्वरेक मैदान जस्ता पर्यटकीय स्थलको व्यवस्थापन, भिरकोट कृषि विकास परियोजनालाई नीति तथा कार्यक्रममा समेटिएको छ । गाेप

ताजा

रामपुरमा जेष्ठ नागरिक स्कुल सञ्चालन, योगी विकाशानन्दज्यूबाट प्रवचन

२०८२ मंसिर २५ गते, बिहीबार

रामपुरमा जेष्ठ नागरिक स्कुल सञ्चालन, योगी विकाशानन्दज्यूबाट प्रवचन

२०८२ मंसिर २५ गते, बिहीबार

आजबाट हामी छैटाैँ वर्षमा

२०८२ मंसिर २५ गते, बिहीबार

नागरिकको स्वास्थ्य पहिलो प्राथामिकतामा: मन्त्री पाठक

२०८२ मंसिर २१ गते, आईतवार

प्रथम वालिङ सडक खाना महोत्सव सुरु

२०८२ मंसिर १७ गते, बुधबार

सातौं राष्ट्रपति रनिङशिल्डको उपाधी भुरुङ चौकीले जित्यो

२०८२ मंसिर १७ गते, बुधबार

More than legends: How folk tales bind past and present

२०८२ मंसिर १६ गते, मंगलवार

नेपाल विचरणमा प्रेमिल चरा

२०८२ मंसिर १६ गते, मंगलवार

मौलिक खाना प्रवर्द्धनका लागि सडक महोत्सव

२०८२ मंसिर १६ गते, मंगलवार

वालिङमा सडक खाना महाेत्सव हुने

२०८२ मंसिर १५ गते, सोमबार

भाग्याेदय माविले स्वर्ण महोत्सव मनाउने

२०८२ मंसिर १३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal