वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट तालिम
कला राना
वालिङ,३ असार- वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट सम्बन्धी १० दिने तालिम शुरु भएको छ । ब्युटिपार्लर एशोसियसन स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिकाको सहयोगमा मंगलबारदेखि ब्युटिसियसन सम्बन्धी सिप विकास तालिम अन्तरगत नेल आर्ट तालिमको शुभारम्भ भएको हो ।

तालिमको उद्दघाटन गर्दै वालिङ नगरपालिका प्रमुख कृष्ण खांणले उद्यमशीलताको विकासका लागि नगरपालिका योजनावद्ध ढंगले अगाडि बढेको बताउनुभयो । विषेश गरी महिलाहरुलाई उद्यमशीलतासंग जोड्नका लागि सिपमुलक तालिम प्रदान गर्ने आवश्यक प्राविधिक सहयोग पनि नगरपालिकाले गर्ने भन्दै उद्यम तथा उद्यमशीलताको पक्षमा नगरपालिका सँधै सकरात्मक रहेको प्रमुख खांणले बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले नगरपालिकाले सौन्दर्यकला सिप विकासका लागि पहिलो पटक बजेट विनियोजन गरी तालिमको आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा वालिङ चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश न्यौपाने, वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति अध्यक्ष मन्जु केसी, ब्युटिपार्लर एशोसियसन स्याङ्जाका संस्थापक अध्यक्ष चुत्रकुमारी थापा दुर्गालगायतले सिप विकास तालिमले उद्यमशीलतामा थप उर्जा थप्ने बताउनुभयो ।
कार्यक्रममा ब्युटिपार्लर एशोसियसन स्याङ्जाका अध्यक्ष पमिला गुरुङले समग्र ब्युटिसियनहरुको दक्षता तथा क्षमता विकास गरी थप व्यवसायिक रुपमा अगाडि बढाउन संस्थाले आगामि दिनमा थप कार्यक्रमको आयोजना गर्दै जाने बताउनुभयो ।
कार्यक्रम मन्जु भण्डारी, सचिव नबिना गुरुङ, निर्वतमान अध्यक्ष पुष्पा अर्याल लगायतले बाेल्नुभएकाे थियाे। नगरपालिकामा दर्ता भएका २० ब्युटिपार्लरका २० जना ब्युटिसियनहरुको सहभागिता रहेको तालिममा ब्युटिसियन संगिता गुरुङले प्रशिक्षण दिनुभएको छ ।


ताजा
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार





















