रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
वालिङ,३ असार- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता द्वाेय मेघ आले र दिनकर नेपाल (दिनेश तिवारी ) माथि आक्रमण भएकाे छ। आँधीखाेला दाेहनका विषयमा विराेध कार्यक्र गरेर फर्किदै गरेकाे अवस्थामा वालिङ नगरपालिका वडा नम्बर ९ सुर्काउदी स्थित दरबार चाेकमा वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुनिल खनालले रडले आक्रमण गरेर घाईते बनाएकाे दिनकर नेपालले बताउनुभयाे। नेपालले भन्नुभयाे, “हामीलाई धम्कि दिदै वडा नम्बर १० का अध्यक्ष सुनिल खनालले माेटरसाइकल राेकेर टाउँकाेमा रड प्राहार गर्नुभयाे। जनप्रतिनिधि जस्ताे मान्छेबाट याे तहकाे घटना घटाउनु दु:खद हाे।”
नेपाल संगै माेटरसाइकलमा सवार रास्वपा नेता मेघ आलेले आफुलाई धकेलेर नालिमा लडाएकाे बताउनुभयाे। आँधीखाेला दाेहाेनकाे विषयमा वालिङमा विभिन्न समयमा विराेध हुँदै आएकाे छ।
वालिङ नगरपालिका वडा नम्बर ९ स्थित भूपुशैनिक वाेर्डिङ देखि केही पर अवैध रुपमा ढुंगा गिटी निकालिएकाे भन्दै आँधीखाेला संरक्षणकाे अभियानमा लागेका नेपाल,आले र केही स्थानियहरु विराेध कार्यक्रम गरेर फर्किदै गर्दा आक्रमण गरिएकाे दिनकर नेपालकाे भनाइ छ। आक्रमणबाट नेपालले लगाएकाे हेल्मेट फुटेकाे छ भने हातमा चाेट लागेकाे छ। वडा अध्यक्ष खनाल सहित अर्काे एक जना ब्यक्तिले आक्रमण गरि धम्कि दिएर हाेटल तर्फ गएकाे आक्रमणमा परि घाइते हुनुभएका नेपालकाे भनाइ रहेकाे छ। खनाल नेपाली कांग्रेसकाे तर्फबाट निर्वाचित हुनुहुन्छ।
यता अध्यक्ष खनालले जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट तेकिएकाे शुल्क तिरेर निर्माण सामग्री उठाइएकाे र दिनकर नेपालले ब्यानर राखि कार्यक्रम गरि आफ्नाे निजी स्काभेटर कब्जा गरेर पछि बिवाद हुदा सामान्य बल प्रयाेगकाे अस्था आएकाे र यश विषयलाई दिनकर नेपालले अवसरकाे रुपमा लिएर प्रचार गरेकाे भन्दै सामाजिक संजाल फेसबुमा स्टाटस लेख्नुभएकाे छ।


ताजा
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार





















