सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
नवीनराज कुइँकेल
लमजुङ,३१ जेठ- लमजुङको सुन्दरबजार नगरपालिका–६ बरेटारमा शुक्रबार राति भएको भीषण आगलागीमा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
शुक्रबार राति ११ः५५ बजे गोबिन्द बोहोराको दुईतले जस्ताको छानो रहेको कच्ची घरमा अचानक विद्युत सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय सुन्दरबजारले जानकारी दिएको छ ।
आगलागीको सूचना प्राप्त हुनासाथ नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय सुन्दरबजार, भोटेओडार, जिल्ला प्रहरी कार्यालय लमजुङ, चण्डी प्रसाद गण, सशस्त्र प्रहरी बल आश्रित गुल्म रानिकुवा तथा स्थानीयवासीसहित घटनास्थलमा टोली खटिएको थियो ।
आगो नियन्त्रणका लागि बेसिशहर नगरपालिकाको दमकलसमेत प्रयोग गरिएको थियो । आगो छिमेकी बस्तीतर्फ फैलिने उच्च जोखिम देखिएपछि तत्काल जेसीबी प्रयोग गरी घर भत्काइएको र राति १ः१५ बजे पूर्णरूपमा आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिनुभयो ।
उक्त घटनामा मानवीय तथा चौपायामा क्षति नभएको प्रहरीले जनाएको छ । यद्यपि क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ । प्रहरी र स्थानीयवासीको सक्रियताले बजारमा ठुलो क्षति हुनबाट जोगिएको छ ।

ताजा
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार





















