प्रथम पिंक सिटी महोत्सव सम्पन्न


वालिङ,३ चैत– ‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मूल नारासहित वालिङ चेम्बर अफ कमर्सकाे आयोजनामा गत माघ २१ गते देखि वालिङस्थित खेलमैदानमा सुरु भएको प्रथम पिंक सिटी महोत्सव वालिङ २०८१ को आज (आईतबार) समापन गरिएको छ ।
महोत्सव समापन समारोहलाई सम्वोधन गर्दै संविधानसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता राजकाजी गुरुङले आर्थिक चलामानका लागि मेला महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । स्याङ्जा जिल्लाकै धेरै जनसङ्ख्या रहेको ठूलो बजारमा महोत्सव सञ्चालन गरेर आर्थिक चलायमानमा महत्वपूर्ण काम गरेकोमा आयोजक चेम्बर अफ कमर्सैलाई धन्यवाद व्यक्त गर्नुभयो । गुरुङले विद्युत र कृषि क्षेत्रको भरपुर उपयोग गरेर नेपाललाई धनि बनाउन सकिने बताउदै यस कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
राजनीतिक दहरुको ध्यान अव कसरी देशलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो । अरु मूलुकबाट खाद्यान्न लगायतका धेरै उपभोग्य वस्तुहरु ल्याएर उपभोग गर्ने कार्यले देशको विकास र रोजगारी सिर्जना हुन नसक्ने बताउदै आफ्‌नै देशमा उत्पादनलाई बृद्धि गर्नेमा सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो । कार्यक्रमको समापन गर्दै आयोजक चेम्वर अफ कमर्सका अध्यक्ष प्रकाश न्यौपाने किरणले प्रथम पिंक सिटी महोत्सव भव्यरुपमा सफल भएको बताउनुभयो । १२ दिने महोत्सवमा हजारौं दर्शकहरुले अवलोकन गरेको उहाँले व्यक्त गर्नुभयो । उहाँले महोत्सवका लागि वालिङ नगरपालिका, मुख्य प्रायोजकको भूमिका रहेको गरिमा विकास बैंक विशेष धन्यवादको पात्र भएको बताउनुभयो । यसैगरी स्थानीय क्लवहरु, संघ संस्था, महोत्सव सञ्चालनका लागि जग्गा उपलव्ध गराउनुहुनेहरु, सञ्चारकर्मी, सुरक्षा निकाय एवम् आम दर्शक महानुभावहरु प्रति अध्यक्ष न्यौपानेले हार्दिक आभार व्यक्त गर्नुभयो । यसैगरी उहाँले विभिन्न उपसमितिमा रहेर काम गर्नुहुने चेम्वरका जिम्मेवार साथीहरु एवम् सहयोगी मनहरु प्रति पनि हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।


महोत्सवमा युवाहरुमा लोकप्रिय तथा राष्ट्रिय खेल भलिबलको पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा गल्याङ नगरपालिकाको टीमले प्रथम स्थान हाँसिल गरेको थियो । यसैगरी बिरुवा गाउँपालिका दोस्रो, भीरकोट तेस्रो र वालिङले सान्त्वना स्थान हाँसिल गरेका छन् । भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टीमले क्रमशः १ लाख ५५ हजार, १ लाख ५ हजार, ५५ हजार र २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत भएका छन् ।
समापन कार्यक्रममा भलिबल प्रतियोगितामा विभिन्न स्थान हाँसिल गर्ने टीम तथा खेलाडीहरुलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो ।

ताजा

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal