राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

वालिङ,२१ फागुन– नेकपा एमाले सचि एवं पूर्व मन्त्री पद्मा कुमारी अर्यालले राजनीतिक स्थायीत्वको लागि मूलुकका दूई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेस एक ठाउँमा आएको बताउनुभयो ।
वालिङ चेम्बर अफ कमर्स द्वारा आयोजित प्रथम पिंक सिटी वालिङ महोत्सव २०८१ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहनुभएकी आर्यालले भन्नुभयो, “राजनीतिक स्थायीत्व विना देशको विकास सम्भव हुदैन, त्यसैले देशलाई अधोगतीबाट बचाउँन देशका दुई ठुला शक्ति एक ठाउँमा आएका हौ ।”
देश विकास र समृद्धिको चाहाना मूलुकको रानीतिक स्थायीत्वले मात्रै प्राप्त हुन सक्नेभएकोले मूलुकको राजनीतिक स्थायीत्वको संकलप गर्दै नेपाली कांग्रेस र एमाले मिलेर सकर बनाएको बताउदै यो सरकार स्थायीत्व र विकासको खाका सहित स्पष्ट लक्ष्य बनाएर अगाडी बढ्दा देश विकासका ब्यवधानका पक्ष र नीतिगत रुपमा सुधार गर्नुपर्ने विषय वस्तुमा केन्द्रित भएर सरकार अगाडी बढेको नेतृ अर्यालको भनाइ थियो ।

अहिलेको सरकार आइसकेपछि विकासका कार्यले तिब्रता पाएको बताउदै सरकारले विकास निर्माणका कामलाई तिब्रता दिएको उहाँले बताउनुभयो ।
लगानी मैतृ वातावरण सिर्जना गर्न सरकार लागिपरिरहेको बताउदै देशको आर्थिक विकसमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोले सरकाले नीजि क्षेत्रको माध्यमबाट देशको विकास कसरी गर्न सकिन्छ भनेर सरकार लागि परेको समेत पूर्व मन्त्री अर्यालले बताउनुभयो ।
स्थानीय तहको समेत ठुलो भूमिका हुने भएकाले सबैतह मिलेर विकासका कामलाई अगाडी बढाउनुपर्नेमा अर्यालले जोड दिनुभयो ।
समग्र स्याङ्जाको विकासका लागि सिद्धार्थ राजमार्गको स्तरउन्नतीका लागि आगामी आर्थिक वर्षमा सरकारले बजेटको ब्यवस्था गर्ने बताउदै यसको लागि अर्थमन्त्रीले समेत प्रतिवद्धता जनाइसकेकोले सिद्धार्थ राजमार्गको स्तरउन्नती हुनेमा विश्वस्त हुन समेत पूर्वमन्त्री अर्यालले आग्रह गर्नुभयो ।


कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभासदस्य सरस्वती अर्यालले जिल्लाको विकासको लागि सबै एक ठाउँमा आउनुपर्ने बताउदै संघीय सरकार र प्रदेश सरकारबाट विनियोजन भएको बजेटको स्थानीय स्तरमा सहि रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
कर्यक्रममा नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) नेपाली कांग्रेस कार्यबहाक सभापती केदार काफ्‌ले, माओवादी केन्द्रका जिल्ला इन्चार्ज शैलेन्द्र घिमीरे लगायतले बोल्नुभएको थियो । महोत्सवको उद्घाटन पूर्व विभिन्न झाँकी सहित वालिङ बजारको परिक्रमा गरिएको थियो ।
आजबाट सुरु भएको महोत्सव चैत ३ गते सम्म सञ्चालन हुने छ ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal