प्रथम पिंक सिटी महोत्सव वालिङको तयारी अन्तिम चरणमा

वालिङ,१६ फागुन– वालिङ चेम्बर अफ कमर्सको आयोजनामा हुन लागेको प्रथम पिंक सिटी महोत्सव वालिङ २०८१ को तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाले जनाएको छ ।
‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मूल नारासहित सञ्चालन हुन गहिरहेको महोत्सवका बारेमा आज (शुक्रबार) महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा यही फागुन २१ देखि चैत ३ गते सम्म वालिङ खेल मैदानमा सञ्चालन संचालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा वालिङ चेम्बर अफ कमर्सका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक प्रकाश न्यौपाने (किरण) ले महोत्सवको मिति नजिकिँदै गर्दा तयारीको काम अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको हो । अध्यक्ष न्यौपानेले भन्नुभयो, “हामीले यो महोत्सव मार्फत वालिङको एटा छुट्टै पहिचान स्थापीत गर्ने गरि लागेका छौँ, यो वालिङलाई पिंक सिटीका रुपा देशैभर पहिचान महोत्सवले थप भूमिका खेल्ने छ ।” साथै उहाँले महोत्सव सफल पार्नका लागि आ–आफ्‌नो ठाउँबाट सहयोग गर्न समेत सबैलाई आग्रह गर्नुभएको छ ।

वालिङ चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष मणी पंगेनीले महोत्सव स्थलमा दुई सय ५० बढि स्टल रहने र स्टल धमाधम स्टल बुकिङ भइरहेको जानकारी दिनुभयो ।
महासचिव गणेश राउतले वालिङ नगरपालिकाले वालिङलाई पिंक सिटीको रुपमा घोषणा गरेर सोही अनुसार अगाडी बढेको अवस्थामा आफुहरुले पनि पिंक सिटीको अवधारणालाई सबै माझँ पुर्याउने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको बताउनुभो ।
महोत्सवमा विभिन्न प्रतियोगिताहरुको साथमा बाल उद्यानलगायतका मनोरञ्जनात्मक कार्यक्रहरु र स्थानीय तथा राष्ट्रिय कलाकारहरुका दैनिक प्रस्तुति रहनेछन् ।
भने स्थानीय कृषि प्रदर्शनी, कृषि क्षेत्रका समस्या र सम्भावना विषयक वृहत अन्तरक्रिया, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, स्थानीय धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, पालिका स्तरीय भलिबल प्रतियोगिता, प्रचारात्मक टिकटक प्रतियोगिता गराइने छ । महोत्सव अवधिको गतिविधि टिकटक मार्फत प्रचारप्रसार गर्ने लाई लाईक आधारमा विजेता, उपविजेता छनोट गरि पुरस्कार प्रदान गरिने छ । टिकटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
यसैगरी नगर स्तरीय रत्यौलीगीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी तथा वृहत काव्य गोष्ठी स्याङ्जा किड्स डान्स आइडलको साथमा लाइभ कन्सर्टसमेत हुने आयोजकले जनाएको छ ।
महोत्सवको सह आयोजकमा वालिङ नगरपालिका र मुख्य प्रायोजक गरिमा विकास वैंक रहेको छ । यसैगरी प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेका छन् ।

ताजा

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal