४३औँ मगर एकता दिवस विविध कार्यक्रम

वालिङ,१६ फागुन– ४३औँ मगर एकता दिवस विविध कार्यक्रम गरी मनाईएको छ । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । दिवसका अवसरमा स्याङ्जाका विभिन्न पालिका तथा वडा वडामा रहेका मगर संघहरुले विविध कार्यक्रम गरी मनाएका हुन् । यसैगरी नेपाल मगर संघ वालिङले मगर समाज भवन परिसर खेलमैदानमा भव्यताका साथ दिवस मनाएको छ । मगर भेषभुषा, झाँकीको प्रर्दशनी, विभिन्न खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सहित दिवस मनाएका हुन् ।
वालिङमा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद निर्मला थापाले मगर समुदाय आफ्‌नो हकहित र अधिकारका लागि संगठित भएको दिन मगर संघ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । साथै सांसद थापाले गण्डकी प्रदेश सरकारले मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नका लागि विभिन्न चरणको तयारी गरिरहेको बताउनुभयो ।

देशको विभिन्न ऐतिहासिक आन्दोलनमा मगर समुदायको अतुलनिय योगदान गरेको भन्दै प्रथम शहिद लखन थापाको बलिदानीको समेत चर्चा गर्नुभयो । देश अहिले संघिय प्रणालीमा गैसकेपछि विभिन्न कानुन निर्माण गर्ने तथा तथा नेतृत्वदायी तहमा समेत मगर समुदायका व्यक्तिहरु पुगिसकेको र संविधानमा समेत मगर हकअधिकारको सुनिश्चित गरेको भन्दै ति हक अधिकारको प्राप्तीका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापाले मगर भेषभुषा, भाषासंस्कृतिको संरक्षण गर्दै मगर समाजलाई थप शसक्त बनाउनका लागी सबैको भुमिका महत्वपुर्ण रहने बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति उपाध्यक्ष उमेश दर्लामी, नेपाल पत्रकार महासंघका सह–सचिव कला राना, नेपाल मगर संघ जिल्ला समन्वय समिति सदस्य सिता थापा, तमु सेवा समाज वालिङका सचिव जंगबहादुर गुरुङ, नेपाल मगर महिला संघ वालिङ नगर अध्यक्ष बेतमाया थापालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमा बालबालिका, महिला तथा पुरुषहरुका लागि विभिन्न रोचक खेल प्रतियोगिताको आयोजना गरिएको थियो भने विजेताले पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा नेपाल मगर संघलाई योगदान पुर्‍याउने तथा मगर समुदायबाट शिक्षा, स्वास्थ्य, समाजिक क्षेत्र, सञ्चार क्षेत्रमा सक्रिय कार्य गर्दै आउनुभएका सुबेधार धनबहादुर डाला, कला राना, सोमु राना, सिता थापा, देवि थापा, गिरिप्रसाद दर्लामी, चन्द्रबहादुर श्रीष, मनबहादुर राना, समिक्षा सारु, माया दर्लामी, प्रतिक्षा थापालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

ताजा

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal