४३औँ मगर एकता दिवस विविध कार्यक्रम

वालिङ,१६ फागुन– ४३औँ मगर एकता दिवस विविध कार्यक्रम गरी मनाईएको छ । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । दिवसका अवसरमा स्याङ्जाका विभिन्न पालिका तथा वडा वडामा रहेका मगर संघहरुले विविध कार्यक्रम गरी मनाएका हुन् । यसैगरी नेपाल मगर संघ वालिङले मगर समाज भवन परिसर खेलमैदानमा भव्यताका साथ दिवस मनाएको छ । मगर भेषभुषा, झाँकीको प्रर्दशनी, विभिन्न खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सहित दिवस मनाएका हुन् ।
वालिङमा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद निर्मला थापाले मगर समुदाय आफ्नो हकहित र अधिकारका लागि संगठित भएको दिन मगर संघ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । साथै सांसद थापाले गण्डकी प्रदेश सरकारले मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नका लागि विभिन्न चरणको तयारी गरिरहेको बताउनुभयो ।

देशको विभिन्न ऐतिहासिक आन्दोलनमा मगर समुदायको अतुलनिय योगदान गरेको भन्दै प्रथम शहिद लखन थापाको बलिदानीको समेत चर्चा गर्नुभयो । देश अहिले संघिय प्रणालीमा गैसकेपछि विभिन्न कानुन निर्माण गर्ने तथा तथा नेतृत्वदायी तहमा समेत मगर समुदायका व्यक्तिहरु पुगिसकेको र संविधानमा समेत मगर हकअधिकारको सुनिश्चित गरेको भन्दै ति हक अधिकारको प्राप्तीका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापाले मगर भेषभुषा, भाषासंस्कृतिको संरक्षण गर्दै मगर समाजलाई थप शसक्त बनाउनका लागी सबैको भुमिका महत्वपुर्ण रहने बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति उपाध्यक्ष उमेश दर्लामी, नेपाल पत्रकार महासंघका सह–सचिव कला राना, नेपाल मगर संघ जिल्ला समन्वय समिति सदस्य सिता थापा, तमु सेवा समाज वालिङका सचिव जंगबहादुर गुरुङ, नेपाल मगर महिला संघ वालिङ नगर अध्यक्ष बेतमाया थापालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमा बालबालिका, महिला तथा पुरुषहरुका लागि विभिन्न रोचक खेल प्रतियोगिताको आयोजना गरिएको थियो भने विजेताले पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रममा नेपाल मगर संघलाई योगदान पुर्याउने तथा मगर समुदायबाट शिक्षा, स्वास्थ्य, समाजिक क्षेत्र, सञ्चार क्षेत्रमा सक्रिय कार्य गर्दै आउनुभएका सुबेधार धनबहादुर डाला, कला राना, सोमु राना, सिता थापा, देवि थापा, गिरिप्रसाद दर्लामी, चन्द्रबहादुर श्रीष, मनबहादुर राना, समिक्षा सारु, माया दर्लामी, प्रतिक्षा थापालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार