स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट

वालिङ,१ फागुन– स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट भएका छन् । कार्यसम्पादन मूल्याङ्कनको आधारमा जिल्लाका तीन गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्येबाट प्रदेशमै उत्कृष्ट भएकाहुन ।
प्रदेशका ८५ स्थानीय तहमध्येबाट कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अङ्कसहित गण्डकी प्रदेशकै प्रथम, आँधीखोला गाउँपालिका ७८ प्रतिशत अङ्क प्राप्त गर्दै द्वितीय र फेदीखोला गाउँपालिका ७७.९ अङ्क प्राप्त गर्दै तृतीय भएका हुन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन कार्यविधि २०७८ दफा ८ को अधिनमा रही कार्यसम्पादनको आधारमा मूल्याङ्कन गरिएको हो । उत्कृष्ट हुने तीन ओटै पालिकामा नेकपा एमालेले जितेका पालिका हुन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा र फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीको यो दोस्रो कार्यकाल हो, भने आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले पहिलोपटक नेतृत्व गर्नुभएको हो । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जामा नगरपालिकाहरुको कार्य सम्पादन कमजोर देखिएको छ ।

पाँच नगरपालिकामध्ये वालिङले ७३.७ अङ्क प्राप्त गरेको छ भने पुतलीबजारले ७१.७, भीरकोटले ६५.७, र चापाकोटले ६२.६ अङ्क प्राप्त गरेको छ । त्यस्तै गाउँपालिकातर्फ बिरुवाले ७४.३, अर्जुनचौपारीले ६४.९ र हरिनासले ५४.२ अङ्क प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशमै पहिलो बनेको कालीगण्डकी गाउँपालिका देशभरीका ७५३ वटा स्थानीय तहमध्ये चौथो स्थानमा रहँदा दोस्रो बनेको आँधीखोला गाउँपालिका देशभरीबाट पाँचौँ बनेको हो ।

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal