लागूऔषधसहित वालिङमा एकजना पक्राउ
वालिङ,१ फागुन– नियन्त्रित लागूऔषधसहित वालिङमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नम्बर २१ बस्ने २४ वर्षीय शिवजी तिवारी रहेको प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ नगरपालिका वडा नम्बर १० भकुण्डेमा वडा प्रहरी कार्याल वालिङ बाट खटिएको प्रहरीको टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा बिहीबार दिउसो बुटवलबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७६५४ नम्बरको हाइसमा सवार तिवारीको साथबाट नोर्फिन (आइपिपिएल) ४९ एम्पुल, फेनरागन ६४ एम्पुल र डाईजेपाम ३४ एम्पुल गरी १४७ एम्पुल नियन्त्रित लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
तिवारी संगै उनको साथमा रहेको नियन्त्रित लागूऔषध बरामद गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
ताजा
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार





















